काठमाण्डौं । लगानी योग्य पूँजी तरलता अभाव कम गर्न आजै राष्ट्र बैंकबाट ५२ अर्ब रुपैयाँ बैंकहरुमा प्रवाह हुने भएको छ । नेपाल धितोपत्र वोर्डले हिजो बिहीबार साँझ सेयरको प्राथमिक निस्कासनबाट उठेको रकम राष्ट्र बैंकमा जम्मा गर्नु नपर्ने व्यवस्था गरेपछि आजै पैसा फिर्ता हुने भएको हो ।
नेपाल राष्ट्र बैक र धितोपत्र वोर्डको संयुक्त पहलमा पैसा फिर्ता गर्ने बाटो खुलेको हो । आज नेपाल लाइफ इन्स्योरेन्सलगायतका कम्पनीको सेयरमा परेको पैसा फिर्ता हुन लागेको हो।
यसअघि सेयर बिक्रि बन्द भएको छ कार्यदिनसम्म जम्मा भएको रकम राष्ट्र बैंकमा राख्नु पर्ने व्यवस्था थियो। पुरानो व्यवस्थाले वित्तीय प्रणालीको तरलता व्यवस्थापनमा समस्या आएको भन्दै पैसा राख्नु नपर्ने व्यवस्था गरिएको हो।
१४ माघ २०७३, ११।००
वि.सं.२०७३ माघ १४ शुक्रवार १२:०० मा प्रकाशित