back
NMB ad

भिडेगाराइः सीमा पर्खाल बारे कुनै वार्ता गरिन्न !

Kumari bank ad

मेक्सिकोको विदेशमन्त्री लुईस भिडेगाराइले अमेरिकासँगको सिमानामा सीमा पर्खाल लगाउने बारेमा अमेरिकासँग लचकतापूर्वक वार्ता नै हुन नसक्ने बताएका छन् । उनले अमेरिकासँग राम्रो सम्वन्ध बनाउनका लागि मात्रै वार्ता हुने बिहीबार स्पष्ट पारेका छन् ।

“केही कुराहरु यस्ता हुन्छन्, जसका बारेमा कुनै वार्ता र लचकता नै हुदैन, मेक्सिको र अमेरिकाको सिमानामा पर्खाल बनाउने विषय पनि त्यस्तै विषय हो, सिधा कुरा के हो भने यसमा लचक हुन सकिदै सकिदैन,” वासिङटनस्थित मेक्सिकोको दूतावासमा आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री भिडेगाराईले भने ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी नारा अनुसार उनले गत बुधबार अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल बनाउने निर्णयमा हस्ताक्षर गरेका थिए । निर्णय अनुसार सीमा क्षेत्रमा तीन हजार दुई सय किलोमिटर लामो पर्खाल लगाइने छ ।

पर्खाल लगाउन लाग्ने खर्चको २० प्रतिशत कर लगाउने मेक्सिकोले वेहोर्नु पर्ने व्यवस्था पनि निर्णयमा गरिएको छ । यही निर्णयलाई लिएर अमेरिका र मेक्सिकोबीच थप द्धन्द्ध चर्किएको छ ।
पर्खाल लगाउने र त्यसको खर्चपनि बेहोर्नु पर्ने अमेरिकाको निर्णयलाई मेक्सिकोले विरोध गरेको छ भने अमेरिककाका राष्ट्रपति ट्रम्पले निर्णय लागू गराई छाड्ने अठोट गरेका छन् ।

प्रकाशित मितिः २०७३ माघ १४

वि.सं.२०७३ माघ १४ शुक्रवार १५:४५ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...