back
NMB ad

सेयरको आम्दानी सातामै अर्बपति !

Kumari bank ad

एजेन्सि / अमेरिकी सेयर बजारमा गत साता निक्कै सुधार देखियो । अमेरिकी कम्पनीको अवस्था देखाउने मुख्य सूचकहरु डाउ जोन्स इन्डस्टि्रयल इन्डेक्स, एस एण्ड पी ५०० दुवैको वृद्धि ऐतिहासिक थियो । यसबाट धेरै लगानीकर्ताले राम्रै आम्दानी गरे । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार सुचना तथा सन्चार सेवा प्रदायक कम्पनी कमकास्ट कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत ब्रायन रबर्टस सेयर बजारको यस वृद्धिबाट धेरै लाभ लिने मध्ये पर्छन । बजारले उचाई चुमेपछि रोर्बटस् सन् २००१ पछि यता पहिलो पटक अर्बपतिको सूचिमा समावेश भए ।

उनको कम्पनी मुख्यतया केबल टिभी र इन्टरनेट सेवा प्रदायक संस्था हो । कम्पनीका सह संस्थापकका छोरा भएकाले कम्पनीको बहुमत शेयर उनीसंग छ । उनी सन् २००२ देखि कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त भएका हुन् । फोब्र्सका अनुसार अहिले उनको सम्पत्ति १ अर्ब डलर भन्दा बढी छ । जसमध्ये ८० करोड डलर उनको कमकास्ट कम्पनीमा रहेको सेयर मुल्य हो । गत मंगलबार उनको कम्पनीको सेयर उचाइमा पुगेपछि उनको सम्पत्तिको मुल्य ८० करोड पुगेको हो । कमकास्टको शेयरले पछिल्लो एक वर्षमा ३० प्रतिशत बढी कमाएको छ । त्यस्तै पछिल्लो २ वर्षमा १ सय ५ प्रतिशत बढी छ । कमकास्टले एक वर्ष अघि ७ प्रतिशतले आम्दानी बृद्धि गरेको थियो । यो बृद्धिले कम्पनीको आम्दानी १ अर्ब ३५ करोड डलरबाट बढेर १ अर्ब ७३ करोड पुगेकेा थियो ।

रोर्बटस्का पिता राल्फले १ हजार २ सय ग्राहक सहित टुपेलो मिस, अमेरिकी केबल सिस्टम सन् १९६३ मा किनेपछि कमकास्ट शुरु गरेका थिए । जसलाई सन् १९७२ मा उनले पब्लिक लिमिटेड कम्पनी बनाए । रोर्बटस्ले १५ वर्षको उमेरदेखि यो कम्पनीमा काम गर्न थालेका थिए । कम्पनीको तिब्र विस्तारपछि उनी सन् १९९० मा ३१ वर्षको हुदाू कम्पनीका अध्यक्ष बनेका थिए ।

रोर्बटस्का पिता राल्फको कमकास्ट शेयरमा बहुमत हिस्सा भएकाले सन् १९९९ मा फोब्र्सको ४०० धनी अमेरिकीको सूचिमा पहिलोपटक नाम आएको थियो । त्यतिबेला उनको परिबारको सम्पत्ती ७५ करोड अमेरिकी डलर थियो । सन् २००२ र २००३ यो सम्पत्ति तल झरेर क्रमशः ६५ करोड र ६२ करोड ५० लाखमा पुगेको थियो ।

अहिले उनी बढी पारिश्रमिक पाउने कर्पोरेट कार्यकारीको सूचिमा पनि पर्छन् । उनले गत ३ वर्षयता वाषिर्क २ करोड ९० लाख डलर पारिश्रमिक लिदै आएका छन् । जसमा उनको तलब, भत्ता र पेन्सनको रकम समेत जोडिएको छ ।

केबल अपरेटरले बजार गुमाइरहेका बेला कमकास्टले पनि गएको त्रैमासिकमा १ लाख ५९ हजार ग्राहक गुमाउनु परेकेा थियो । तर यो संख्या अरुको तुलनामा निकै कम भएकाले कम्पनीले इन्टरनेटतर्फ १ लाख ८७ हजार ग्राहक थपिएका थिए । कमकास्टमा यो सन् २००८ यताकै सबैभन्दा बढी ग्राहक भएको फोब्र्सले जनाएको छ । उच्च गतिको इन्टरनेट हुदाूहुदै पनि कम्पनीको सेवा लिनेका कमी नभएपछि व्यवसाय धराप पर्न सकेन ।

यो कम्पनीभन्दा अगाडी रोबर्ट नेशनल केबल एण्ड टेलिकम्युनिकेशन्स एशोसिएसनका अध्यक्ष थिए । यसमा उनी एक वर्ष रहे । त्यस्तै उनी बैंक अफ न्युर्योकका सन्चालक समिति सदस्य पनि थिए । रबर्टले रिर्सोस डेभलपमेन्ट अभियानका लागि काम गरेवापत युनाईनेट वे अफ साउथइस्र्टन पेनस्युलभेनियाबाट सन् २००९ मा उनले २ करोड ४६ लाख ८० हजार डलर पाएका थिए ।

कमकास्टले एनबिसी युनिभर्सलबाट ४९ प्रतिशत बाूकी शेयर किनेपछि अझ बढी फाइदा कमाउन सकेकेा हो । यसका लागि कमकास्टले १७ अर्ब डलर गत फेब्रुअरीमा तिर्न तयार भएको थियो । उनी फिलाडेल्पिmयामा पत्नि एइलिन र तीन सन्तानका साथ बस्छन् । जो स्क्वास खेलाडी पनि हुन् । उनले इजरायलमा भएका ५ मकाबियाह खेलमा भाग लिएर एक स्वर्ण र ४ रजत पदक समेत जितेका छन् ।

२३ माघ २०७२

वि.सं.२०७२ माघ २३ शनिवार १७:५९ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...