back
NMB ad

थाहा पाई राख्नुहोस्, यसकारण घट्दैछ सेयर बजार

Kumari bank ad

 

काठमाण्डौं । गत साउन १ गते ऐतिहासिक उचाई भेटेको नेप्सेले सात महिना पुरा नहुँदै लगभग ६ सय अंक गुमाएको छ । १ हजार ८ सुय ८७ मा रहेको नेप्से त्यसयता घटेर १ हजार ३ सय ९ बिन्दुमा आइपुगेको छ । बियरिश ट्रेण्डमा देखिएको नेप्सेमा एक सतायता स्लोपिङ डाउन फल (तीव्र गिरावट) देखियो । बजारमा पछिल्लो एक्कासी एकोहोरो गिरावट आउँनुमा यी ६ मुख्य कारण रहेका छन् ।

मार्जिन लोनमा कडाई र मार्जिन कल :

चालु आवको मौद्रिक नीतिबाट सेयर धितोको ५० प्रतिशत मात्र कर्जा प्रवाह गर्न दिएको निर्देशनपछि पनि केही समय यसलाई कडाई नगरेका बैंकहरुले बजारमा लगानी योग्य रकम अभाव भएपनि यो कर्जा दिन नै छाडे । आफ्नो लगानी क्षमताभन्दा अघि बढेर बैंकहरु सेयर लगायतका अनुत्पादक क्षेत्रमा लगानी गरेको भन्दै पछिल्ला दिनमा बैंकहरु पनि आलोचित भइरहेका छन् ।

बजार ओरालो लाग्न थालेपछि लगानीकर्ताहरुलाई राखेको सेयरको धितो मूल्यांकन पनि घट्ने भएपछि धितो बढाउन बैंकहरुबाट मार्जिन कल आउन थालिरहेको छ । यसले या त सेयर बिक्री गरेर कर्जा भुक्तानी गर्न वा धितो बढाउन लगानीकर्ताहरुलाई दबाब पर्न थालेको छ ।

निक्षेपको व्याज दरमा वृद्धि :

बैंकहरुले निक्षेप वृद्धि गर्न थालेपछि बैंकमा रहेको मुद्धति निक्षेप तोडेर समेत सेयरमा लगानी गरिरहेकाहरु फर्किन थालेका छन् । केही बैंकले हरेक महिना नै व्याज दर भुक्तानी गर्ने गरेर १२ प्रतिशतसम्म व्याज दिइरहेकाले पनि कम जोखिम चहाने लगानीकर्ता यता मोडिएका छन् । कतिपय बैंकले उच्च ब्याज दरमा ९९ दिने मुद्धती निक्षेप योजना समेत ल्याएका छन् ।

कर्जाको व्याज दर बढ्दो :

 बैंकहरुले निक्षेपको ब्याज दर बढाएपछि कर्जाको व्याज दरमा पनि वृद्धि गरिरहेका छन् । केही महिनाअघिसम्म ८ प्रतिशत व्याजदरमा कर्जाको सुविधा पाइरहेकाहरुलाई हाल व्याज दर ११ प्रतिशत बढेको एसएमएस बैंकहरुले पठाइरहेका छन् । मार्जिन लेण्डिङ बाहेक अन्य शिर्षकबाट कर्जा लिएकाहरुको व्याज दर पनि बढिरहेकोले सेयरमा लगानी महंगिएको छ ।

बीमा कम्पनीको चुक्ता पुँजी :

बीमा कम्पनीहरुको चुक्ता पुँजी प्रस्तावित बीमा योजनामा नतोक्नेमा नियामक निकाय बीमा समिति र अर्थमन्त्रालय सहमत भएको खबरहरु आएपछि पनि बजार ओरालो लाग्न थालेको छ । सोमबार मात्रै बीमा कम्पनीहरुको सेयर मूल्य ९ देखि १० प्रतिशतसम्म घटेको छ ।

सम्पत्ती शुद्धिकरणको हल्ला :

आधिकारिक खबर नआएपनि बजारमा सम्पत्ती शुद्धिकरणमा बजार प्रयोग भएकोमा पुनः अध्ययन थालिएको खबर आएपछि पनि बजारमा नकारात्मक प्रभाव परेको छ । सही लगानीकर्ता डराउन नपर्ने भएपनि ठुला लगानीकर्ताहरुले यही कारण बिक्री बढाउने आशंका गर्दै अन्य लगानीकर्ता पनि सेयर बिक्रीमा लागेका छन् । लामो समयदेखि बढ्न नसकेको बजारमा यो कारण पनि बजार थप घटाउन कारकको रुपमा देखिएको छ । हालै मात्र धितोपत्र बोर्डले बजारमा एउटै व्यक्तिले २० वटासम्म संस्थामा रहेर सेयरमा लगानी गरिरहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । सामुहिक लगानी कोषभन्दा धेरै पुँजी लिएर बसेका यस्ता लगानी कम्पनीसम्बन्धि प्रतिवेदन आएपछि ती संस्था लगानी गर्न निरुत्साहित हुन सक्ने र बजारमा थप बिक्री चाप बढ्ने अपेक्षाले पनि लगानीकर्ताहरु डराइरहेका छन् ।

मनोबैज्ञानिक असर :

लगानीकर्ताले सेयर मूल्य घटेपछि कागजी रुपमै भएपनि खर्बौ रुपैयाँ गुमाएका छन् । यसको दबाब कर्जा लिने लगानीकर्तालाई त पर्छ नै यसले अन्य लगानीकर्ताको समेत मनोबिज्ञान घटाएको छ । बजारले ६ सय बराबर अंक गुमाएपछि केही समय पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ता पनि सेयर बिक्रीमा तल्लिन देखिएका छन् । अर्को तर्फ बजार घटेको समयमा केही नयाँ लगानीकर्ताहरु प्रवेश पनि गरिरहेका छन् । तर ब्रोकर कम्पनीहरुदेखि लगानीकर्ताहरुले समेत बजार थप घट्न सक्ने चर्चा शुरु गर्न थालेपनि बजारलाई आधारभुत र प्राविधिक कारणबाट दरिलो टेवा देखिएको छैन् । कतिपय ब्रोकरहरु नयाँ प्रवेश गरिरहेका लगानीकर्ताले मात्र बजारमा बढेको सेयर बिक्री वा आपुर्ती धान्न सक्ने अवस्था नरहेको बताउँन थालेका छन् । हाल नेप्से आइपुगेको स्थानमा १ वर्षयताको चाल हेर्ने हो भने दरिलो टेवा भने देखिएको छैन् ।

१७ माघ २०७३, ३।३०

वि.सं.२०७३ माघ १७ सोमवार १६:४० मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...