back
NMB ad

बजारमा आए पाँच कम्पनीको एक करोड ६७ लाख ९६ हजारभन्दा बढी सेयर, खरिद गर्ने हैन त ?

Kumari bank ad

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जमा पाँच कम्पनीले एक करोड ६७ लाख ९६ हजार एक सय ६४ कित्ता हकप्रद तथा बोनस सेयर सुचिकृत गरेका छन् ।

मंगलबार नेप्सेमा प्राइम कमर्शियल बैंकको सबैभन्दा धेरै अर्थात एक करोड २३ लाख ५० हजार आठ सय ७४ कित्ता हकप्रद सेयर सुचिकृत भएको छ । बैंकले केही समय अघि ३३ दशलमव ३३ प्रतिशत हकप्रद निष्काशन गरेको थियो । बैंकले हकप्रद सहितको पूँजीमा फेरी १७ दशमलव २५ प्रतिशत बोनसका लागि सेयरधनी पुस्तिका बन्द गरि साधारण सभा गरि सकेको छ । यो सेयर पनि केही दिनमा नै सुचिकृत हुनेछ ।

सुर्या लाइफ इन्स्योरेन्सको १२ लाख ५० हजार कित्ता हकप्रद सेयर पनि मंगलबार नै नेप्सेमा कारोबारका लागि सुचिकृत भएको छ । इन्स्योरेन्सले केही समय अघि २५ प्रतिशत हकप्रद निष्काशन गरेको थियो । कम्पनीले गत आर्थिक वर्षको कमाईबाट दिने लाभांस घोषणा गरिसकेको छैन ।

सिन्धु विकास बैंकले मंगलबार नै नेप्सेमा १२ लाख नौ हजार तीन सय ७५ कित्ता हकप्रद तथा दुई लाख तीन हजार एक सय ७५ कित्ता बोनस सेयर सुचिकृत गरेको छ । बैंकले केही समय अघि ८० प्रतिशत हकप्रद निष्काशन गरी १७ प्रतिशत बोनस बितरण गरेको थियो ।

लक्ष्मी लघुवित्तले नेप्सेमा ११ लाख कित्ता हकप्रद सेयर कारोबारका लागि सुचिकृत गराएको छ । उसले एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो । गत आर्थिक वर्षको कमाईबाट लघुवित्तले लगानीकर्तालाई बोनस नदिई हकप्रदले समेत पाउने गरी १० प्रतिशत नगद लाभांस मात्र बितरण गरेको थियो ।

तिनाउ डेभलपमेण्ट बैंकले पनि मंगलबार नै नेप्सेमा छ लाख ८२ हजार सात सय ४० कित्ता बोनस सेयर सुचिकृत गराएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई २५ प्रतिशत बोनस बितरण गरेको थियो ।

१८ माघ २०७३, ३।४५

वि.सं.२०७३ माघ १८ मंगलवार १५:३५ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...