back
NMB ad

टेलिकमद्धारा उत्कृष्ट ग्राहक र सेवा बिक्रेता सम्मानित ?

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमले गत आ। व। २०७२÷७३ मा काठमाडौं क्षेत्र अन्तर्गत कम्पनीका सेवाहरुको सबैभन्दा बढी कारोबार गर्ने बिक्रेताहरु र बढी बिल भुक्तानी गर्ने ग्राहकहरुलाई सम्मान गरेको छ । कम्पनीको तर्फबाट उनीहरुलाई काठमाडौं क्षेत्रीय निर्देशनालयका निर्देशक श्यामप्रसाद शुक्ला अधिकारी, प्रमुख मानव संशाधन अधिकृत रविन्द्र झा, प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्यायले सम्मान गरेका हुन् ।

सो अवसरमा कम्पनीका रिचार्ज कार्डहरु सबैभन्दा बढी कारोबार गर्ने ६ जना बिक्रेतालाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा भी कार्ड कन्सर्न, कन्टिनेन्टल मार्केटिङ प्रा.लि., सक्सेस युनाइटेड प्रा.लि., सनलाइट मल्टिपर्पोज प्रा.लि., त्रियोग स्टेशनरी सप्लायर्स र टकटाइम ट्रेडिङ प्रा.लि. रहेका छन् ।

ब्यक्तिगत तर्फ सबैभन्दा बढी बिल भुक्तानी गरी जीएसएम पोष्टपेडमा साजनमान जोशी, सीडीएमए पोष्टपेडमा अशोकनाथ योगी, ल्यान्डलाइनमा रमेश सापकोटा, एडीएसएलमा राजेन्द्र सिंह भण्डारी र वाइम्याक्समा योजेन्द्र पुन सम्मानित भएका छन् । त्यसैगरी संस्थागततर्फ सबैभन्दा बढी बिल भुक्तानी गरी जीएसएम पोष्टपेडमा सूर्य नेपाल प्रालि, सीडीएमए पोष्टपेडमा कारागार कार्यालय चितवन, ल्यान्डलाइनमा ग्रान्डी इन्टरनेसनल हस्पिटल धापासी, एडीएसएलमा नापी कार्यालय डिल्लीबजार र वाइम्याक्समा सीई कन्स्ट्रक्सन प्रालि त्रिपुरेश्वर सम्मानित भएका छन् ।

प्रकाशित मितिः २०७३ माघ २२

वि.सं.२०७३ माघ २२ शनिवार १४:५४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...