back
NMB ad

कोलोराडोमा नेपाली भाषा कक्षा सुरु

Kumari bank ad

नातिबाबु भट्ट
कोलोराडो अमेरीका । नेपालीहरुको सकृयतामा गठित लङमन्ट हिमालयज लायन्स क्लबको आयोजनामा कोलोराडोमै पहिलो नेपाली भाषा कक्षा सुरु गरिएको छ ।
लङमन्ट स्थित आर्ट सेन्टरमा आईतबार एक समारोह बिच समाजसेवी नारायण श्रेष्ठले सरस्वतीको फोटोलाई धुप बत्ती गरेर तथा क्लका अध्यक्ष जोशन श्रेष्ठले गमलामा पानी हालेर नेपाली भाषा कक्षाको सुभारम्भ गरेका हुन् ।

DSC_0030
नेपाली राष्ट्रियगान गाएर सुरुगरिएको उद्धाटन समारोहमा लायन्सका ६ नर्थ ईष्टका डिष्ट्रिक गर्भनर केननोर गिल, डिष्ट्रिक क्याबिनेट सेक्रेटरी मिगेल गिल, ग्वोवल मेम्बर चेयर पर्शन केवमेण्डल हल, लङमन्ट हिमालयज लायन्स क्लबका अध्यक्ष जोशन श्रेष्ठ, सचिव प्रमोद श्रेष्ठ, समाजसेवीहरु नारायण श्रेष्ठ, बिके श्रेष्ठ, यूएस न्यूजका बिकल पराजुली, लयन्सका पदाधिकारी, सहभागी छात्र, छात्रा र उनीहरुका अभिभावकहरुको उपस्थिती रहेको थियो ।

DSC_0019
कार्यक्रमको उद्धाटन समारोहलाई सम्बोधन गर्दै लायन्सका ६ नर्थ ईष्टका डिष्टीक गर्भनर केननोर गिलले आफु नेपाली भाषा कक्षाको उद्धाटन समारोहमा सहभागी हुन पाउदा धेरै खुसी लागेको भन्दै बाल बालिकाहरुलाई सकृय रुपमा सहभागी हुन र अभिभावकलाई आङ्खना बाल बालिकाहरुलाई निरन्तर सहभागी गराउन हौसला दिए । उनले यसको निरन्तरताको लागि आफुले सक्दो सहयोग गर्ने बताए । त्यसैगरी क्लबका अध्यक्ष जोशन श्रेष्ठले मातृ भुमीको भाषा र संस्कृतीको संरक्षण गर्न तथा दोश्रो पुस्तामा हाम्रो भाषा र संस्कृती जस्ताको तस्तै हस्तान्तरण गर्ने बाताबरण श्रृजनागर्न भाषा कक्षा सुरुगरिएको प्रष्ट्याए । कार्यक्रममा उनले सहभागी बाल बालिका तथा अभिभावक सबैलाई धन्यवाद दिदै, कोलोराडोमानै पहिलो नेपाली भाषा कक्षालाई निरन्तरता दिन सबै संग साथ र सहयोग आग्रह गरे ।

DSC_0016
सुरुमा दश जना छात्र छात्रालाई लक्ष गरि सुरु गरिएको कक्षामा आज ७ जना छात्र छात्राको उपस्थिती रहेको थियो । यसरी आजको कक्षामा सहभागी हुनेमा ५ बर्ष देखी १० बर्ष उमेरका ५ छात्र र २ छात्रा रहेका थिए । क्लबका कम्यूनिकेसन अफिसर नातिबाबु भट्टको कोर्डिनेसनमा संचालन भएको कक्षाको शिक्षिका सुदक्षिणा भट्ट र साहायक शिक्षीका आश्विनी श्रेष्ठ रहेका छन् । कक्षा हरेक साता आईतबार बिहान १० बजे देखी ११ बजे सम्म एक घण्टा संचालन हुने छ ।

DSC_0046
आज १० बजे देखी ११ बजे सम्म संचालन भएको कक्षामा सहभागीभई डिष्टीक गर्भनर केननोर गिल, डिष्ट्रिक क्याबिनेट सेक्रेटरी मिगेल गिल, ग्वोवल मेम्बर चेयर पर्शन केवमेण्डल हलले भाषा कक्षाको अबलोकन गरेका थिए ।

DSC_0051
फ्रेबुअरी ३, २०१७

वि.सं.२०७३ माघ २४ सोमवार ११:०२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...