back
NMB ad

पशुपतिशमशेरकी छोरी देवयानी राणा राप्रपा प्रतिनिधि बन्न सकिनन्,किन ?

Kumari bank ad

काठमाडौ । पशुपतिशमशेर राणाकी छोरी देवयानी राणा दोलखाबाट प्रतिनिधि नहुने भएकी छन् । पार्टीको विधानमा महाधिवेशन प्रतिनिधि हुन उम्मेदवार नै उपस्थित हुनुपर्ने भएपछि राणालाई प्रतिनिधि बनाउन नसकिएको राप्रपा दोलखा क्षेत्र नम्बर २ का अध्यक्ष विजय खड्काले बताए ।

खड्काका अनुसार महाधिवेशन प्रतिनिधि बन्न गाविसबाट क्षेत्रीय प्रतिनिधि भई क्षेत्रीय कार्यसमिति वा जिल्ला कार्यसमिति सदस्य हुनुपर्ने प्रावधान छ । उनले भने, ‘उहाँ दुईवटै अधिवेशनमा अनुपस्थित भएकाले प्रतिनिधि बनाउन सकिएन ।’ दोलखाको शैलुंगेश्वरबाट जिल्ला अधिवेशन प्रतिनिधिका रूपमा देवयानी छनोट भएकी थिइन् ।

राप्रपाको गाउँ अधिवेशनमा समेत उपस्थित नभएकी राणालाई शैलुंगेश्वर गाउँ कार्यसमितिले क्षेत्रीय प्रतिनिधिमा मनोनीत गरेको थियो । राप्रपाका जिल्ला अध्यक्ष खड्काका अनुसार देवयानीलाई जिल्ला भित्राउन इच्छुक भए पनि उनी उपस्थित नभएकै कारण प्रतिनिधि बनाउन नसकिएको हो ।

प्रकाशित मितिः २०७३ माघ २६

वि.सं.२०७३ माघ २६ बुधवार ०८:१४ मा प्रकाशित

You can share this post!

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०१

हेमन्त जोशी काठमाडौँ, ३१ वैशाख : ‘सुशासन, सामाजिक न्याय र...

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:५३

काठमाडौँ, ३१ वैशाख : सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश...

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:४९

कठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन...