back
NMB ad

अब पूर्वप्रधानमन्त्री राष्ट्रपतिमा !

Kumari bank ad

सोमालियाका पूर्वप्रधानमन्त्री मोहम्मद अब्दुल्लाही फरमाजो सोमालियाको राष्ट्रपतिमा निर्वाचित हुनु भएको छ । वर्तमान राष्ट्रपति हसन सेख मोहम्मदसँग भएको दोस्रो चरण सम्मको मतदानपछि उनी निर्वाचित भएक होुन् ।

दोस्रो चरणको मतदानमा फरमाजोले १८४ मत ल्याएका थिए भने उनका निकटम प्रतिद्धन्द्धी मोहम्मदले ९७ मत ल्याएका थिए । तेस्रो उम्मेदवारको रुपमा प्रतिश्पर्धामा रहेका सरिफ सेख अहमदले ४५ मत मात्रै पाएका थिए ।

नवनिर्वाचित राष्ट्रपति फरमाजो सन् २००९ देखि २०१० सम्म सोमालियाको प्रधानमन्त्री बन्नु भएको थियो । उनले आफुलाई निर्वाचनमा सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गरेका छन् । फरमाजोसँग अमेरिकाको राहदानी छ भने उनले स्टेट युनिभर्सिटी अफ न्युयोर्कबाट राजनीति शास्त्रबाट स्नातकोत्तर गरेका छन् । उनी विश्वविद्यालयका पूर्वप्राध्यापक पनि हुन्।

त्यस बाहेक उनले न्युयोर्क राज्य, बफेलो नगरपालिका लगायतका अन्य विभिन्न निकायहरुमा पनि काम गरेका थिए । फरमाजोले प्रधानमन्त्रीबाट हटेपछि सन् २०११ मा सोमाली जस्टीस एण्ड इक्वालिटी पार्टी नामका नयाँ पार्टी खोलेका थिए । रासस÷सिन्ह्वा

प्रकाशित मितिः २०७३ माघ २७

वि.सं.२०७३ माघ २७ बिहीवार १३:०५ मा प्रकाशित

You can share this post!

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...