back
NMB ad

के साँच्चै रोकिएला त अमेरिकी डिभी लट्री ?

Kumari bank ad

न्यूयोर्क । रिपब्लिकन सिनेटर टम कटन र डेविड पर्डयूले अमेरिकामा आप्रवासिको संख्या आधाभन्दा कम गर्नुपर्ने भन्दै संसदमा एक बिधेयक दर्ता गरेका छन्। ‘बलियो रोजगारीका लागि अमेरिकी अध्यागमनमा सुधार’ ऐन नाम दिईएको उक्त विधेयकलाई संसदले पास गरेमा प्रति वर्ष ५० हजारका दरले अमेरिकाले प्रदान गर्दै आएको डिभि लट्री भिसा बन्द हुनेछ भने अमेरिकाले प्रति वर्ष जारी गर्ने करिब १० हजार ग्रीन कार्डलाई प्रभावित पार्नेछ।

आप्रवासिमाथि कडा नियम लगाउन चाहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको समर्थन रहेको संसदमा दर्ता गरिएको उक्त बिधेयक पारित भए डिभि लट्रीको सुविधा पाएको नेपाललाई पनि प्रभाव पर्नेछ। ‘यो बिधेयक पारित भए सबैभन्दा बढी भारतीय मुलका नागरिकहरू प्रभावित हुनेछन्। डिभी लट्रीको सुविधा प्राप्त गर्दै आएका मुलुकहरुलाई त प्रभाव पर्नेनै छ,’ अध्यागमन कानुनविद् डिल्ली भट्टले बताए।

अमेरिकाले सन् सन १९९० मा आप्रवासी भित्र्याउने कानुन बनाएपछि अमेरिकामा डिभी लट्रीलगायत अन्य सुविधा दिएर आप्रवासीलाई स्थायी बसोवास प्रदान गर्दै आएको थियो।

दश वर्ष यता अमेरिकाले करिब ५ लाख आप्रवासीलाई ग्रीनकार्ड दिएको र त्यसले अमेरिकीहरुको रोजागारमा प्रत्यक्ष प्रभाव पारेको बताउँदै आप्रवासीलाई ग्रिनकार्ड दिने प्रावधानलाई आधा घटाउनुपर्ने बिधेयकमा बताइएको छ।
सिनेटमा बिधेयक पुर्‍याउने रिपब्लिकन सिनेटर टम कटनले बताएका छन् ‘अमेरिकाले हरेक वर्ष जारि गर्ने दश हजार ग्रीन कार्डलाई घटाएर ५ हजार बनाउनुपर्छ। यसले अमेरिकनहरूका लागि रोजगारीका थप अवसरहरु पैदा गर्नेछ।’

२८ माघ २०७३, एजेन्सी, ११।००

वि.सं.२०७३ माघ २८ शुक्रवार ११:२१ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...