back
NMB ad

न्यून बिन्दुमा सूचक आउँदा सेयर बजारमा कस्तो कम्पनी छान्ने द्विविधामा हुनुहुन्छ ?

Kumari bank ad

काठमाण्डौं । सेयर बजार अहिले यो वर्षकै सबैभन्दा कम बिन्दुमा आइपुगेकोछ । सेयर बजार बढ्छ या यसरी नै घटिरहन्छ भन्न सक्ने अवस्था छैन । १८ सय बिन्दुु माथी रहेको नेप्सेले ६ सयभन्दा धेरै अंक गुमाइसकेको छ । अहिले बजार निकै तल आइपुगेको छ यद्यपी तत्काल बढ्न सक्ने आधारहरु बनेका छैनन् ।

केही दिन पहिले मात्र बैंकहरुबाट कर्जा लगानीमा रोक लागेकोछ । यसमा सहजता नआएसम्म सेयर बजारमा सुधार हुने देखिदैन् । बजारको यो वियरिश ट्रेण्ड कति समय चल्छ भन्ने यकिन गर्न सकिदैन् तर यस्तो अवस्थामा पनि बजारमा केही कम्पनीहरुमा लगानी बढाउँन सकिन्छ ।

लगानी गर्दा अल्पकालिनभन्दा पनि दीर्घकालिन लगानीको रुपमा हेर्नुपर्ने हुन्छ । बजार बढ्ने आधार बनेको छैन् र बढि हाल्ने पनि छिटो छिटो गतिमा बढ्ने नहुनसक्छ, त्यसैले अल्पकालिन सोचले लगानी गर्नु सही हुँदैन् । अहिले बजारमा बोनस लाभांश वा हकप्रद घोषणा भएर पनि बुक क्लाज बाँकी रहेका कम्पनी लगानीको लागि छान्न सकिने देखिन्छ । यसले गर्दा कम्पनीहरुको मूल्य थप केही तल गएमा पनि प्राप्त हुने प्रतिफलले नाफा घाटा मिलान हुने देखिन्छ ।

बुक क्लोज भइसकेका कम्पनीहरुको मूल्यमा तत्काल वृद्धि हुने सम्भावना न्युन रहेको छ । बैशाखबाट तेस्रो त्रैमाशको वित्तीय विवरण आउँने भएकोले चैतको दोस्रो साताबाट भने अहिले लाभांश दिइसकेका कम्पनीको मूल्यमा केही वृद्धि देखिने सम्भावना रहेको छ ।

सरकारको खर्च पनि फागुन÷चैतबाट बढ्नसक्ने भएकोले यसको प्रभाव पनि देखिन सक्छ । त्यसैले केही महिनामै सेयर बेच्ने सोचका साथ लगानी गर्न नहुने विश्लेषकहरुको भनाई छ ।

१ फागुन २०७३, ३।३०

वि.सं.२०७३ फागुन १ आइतवार १६:०१ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...