back
NMB ad

व्यवसाय गर्दा पैसा मात्रै खाँचो !

Kumari bank ad

कृष्णप्रसाद पन्त, अध्यक्ष, नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति

जीवनमा संधै सकारात्मका सोच राख्नुपर्छ र सकारात्मक सोचकै कारण उन्नती गर्न सकिन्छ भन्ने मान्यता राख्ने कृष्णप्रसाद पन्तको जन्म धादिङ जिल्लाको थाक्रे–५, जुँगेखोलामा भएको हो । जीवनमा लामो संघर्ष गर्दैअघि बढेका उनी हाल नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको अध्यक्ष छन् । राजनीतिमा पनि विशेष चासो राख्ने पन्त इमान्दार व्यवसायीको रुपमा परिचित छन् ।

घरायसी बाध्यताका कारण पढाईलाई बिचैमा छाडियोे

मेरो ८ कक्षासम्मको पढाई धादिङ, थाक्रेको फोगटपुरबाट सकिएको थियो । कक्षा ९ र १० बैरेनीको बागेश्वरी माविबाट गरेको हुँ । म कक्षामा संधै तेस्रो हुन्थे । २०४२ सालमा बैरेनीबाट एसएलसी सक्काएपछि आरआर क्याम्पसबाट आइए उत्तीर्ण गरें । डिप्लोमा पढ्न सरस्वती क्याम्पसमा भर्ना भएपछि घरायसी कारण पढाई छोड्नुपर्यो । मेरो ८ जना दाजुभाई त्यतिबेला छुट्टाभिन्ना हुने अवस्था भयो । त्यसपछि म आमा सँगै बस्ने भएपछि मैले बाध्यतामा परेर नै तत्कालै विवाह गर्नुपर्यो । यसैक्रममा घरमा बस्नुपर्ने भएपछि पढाईलाई बिचैमा छाडियो ।

कलेज पढ्दा जागीर खोज्दै काठमाडौंमा पसल–पसलमा कति हिंडियो कति

कलेज पढ्दा शुक्रबार घर जाने आईतबार कलेज पढ्न आईन्थ्यो । नाईट शिफ्ट (रात्रि) को समयमा कलेज थियो । दिनभर जागीर पाईन्छ कि भनेर जागीरमा भौतांरिईन्थ्यो । काठमाडौंका पसल–पसलमा जागीर खोज्न हिँडियो । कुनै पसलमा दुईजना मानिस देख्यो भने त्यहाँ नछिर्ने गरिन्थ्यो । किनकि त्यहाँ एउटा साहुजी र अर्काे कर्मचारी होला भन्ने लाग्दथ्यो । जब पसलमा एकजना मात्रै मानिस देखिन्थ्यो तब त्यो साहूजी होला, त्यहाँ काम गर्ने मानिस नै छैन होला, मलाई राख्नसक्छ भन्ने सोचेर यहाँ काम गर्ने मान्छे राख्छ भनेर जागीर खोज्दै, सोध्दै कति हिँडियो कति !

होटलमा ६ महिना बील काट्ने काम पनि गरें

जागीरको खोजीमा घुम्दै चाहर्दै लामो समय हिँडियो । धेरै दुःख पाईयो । तर जागीर पाईएन । जागीर गर्ने चाहना पनि धेरै थियो । पछि काठमाडौं छोड्ने समयतिर त्रिपुरेश्वरको जनक होटेलमा ६ महिना जति जागीर गरेँ । त्यो बेला काउन्टरमा बील काट्ने काम गर्दथेँ ।

घर फर्केपछि खाईरहेको जागीर राजीनामा गरेर भएपनि अरुलाई जागीर खुवाएँ

जब मैले कलेज छोडें । र विवाह गरेर घरतिर बसेपछि एउटा पेशा व्यवसाय गर्नुपर्छ भन्ने सोचें । सुरुमा गाउँमा नीजि स्रोतमा १२ सय तलब लिएर विद्यालयमा जागीर खाएँ । ६ महिना जागीर खाएपछि अर्काे एक साथीलाई स्कूलमा राख्नुपर्ने अवस्था आयो । म भन्दा त्यो साथीले जागीर गर्नैपर्ने अवस्था भयो । र मैले राजीनामा दिएर साथीलाई स्कूलमा राखेर अनि म फेरी आफ्नै केही काम गर्छु भनेर लागें ।

बाख्रा पालेरै ट्रक किनें र व्यवसायी बनें

त्यसपछि गाउँमा बसेर सुरुमा मैले बाख्रापालन गरें । एक वर्ष बाख्रा पालन गरेपछि ट्रक किन्ने कुरा भयो र ट्रक किनेर २०५१ सालबाट रोडा, बालुवाको काम सुरुवात गरेँ । अनि यो व्यवसायमा आइपुगेँ ।

सुरुमा व्यापार-व्यवसायमा उधारो र मुनाफा प्रसस्तै थियो

सुरुमा ट्रक किनेको थिएं । त्यो बेलामा रोडा, बालुवा, डिजेल उधारो पाईन्थ्यो ।उधारोमा किनेर उधारोमा बेचिन्थ्यो । सुरुको अवस्थामा खासै गाह्रो भएन । व्यवसाय गर्नपनि सजिलो थियो । सबै उधारो पाईने भएकाले काम गर्न पनि सजिलो थियो । मुनाफा पनि राम्रो थियो ।

उधारोका कारण २५ लाखजति फस्यो पनि

उधारो कारोबारका कारण २०५७ सालतिर मेरो २५ लाख रुपैयाँ जति फस्यो । जुन ठेकेदारलाई उधारो दिइयो, त्यो ठेकेदारले बील आएको छैन, भोलि अर्काे टिपमा दिन्छु भन्दा भन्दै ठेकेदारले म डुबें, घाटा भयो भन्यो । उसले पैसा तिर्न सकेन । त्यो ठेकेदार कता छ थाहा छैन, तर आफुले उधारो लिएको ठाउँमा सबै तिर्नुपरिहाल्यो । त्यसले केहि समय गाह्रो भयो । सबै साथीभाईको उधारो भएकाले साथीभाईकै गाडी, पम्प, साथीभाईकै क्रसर, बालुवा भएकाले विस्तारै तिरें । मेरो रकम भने फस्यो ।

व्यवसाय गर्दा पैसाको मात्रै खाँचो

मैले जुन दिनबाट व्यवसाय गर्न सुरु गरेँ, त्यहि दिनबाट व्यवसायमा पैसाको मात्रै खाँचो भयो । पछिल्लो समय त नगदमा किनेर उधारोमा बेच्नुपर्ने अवस्था आयो । सुरुमा उधारै किन्न पाईन्थ्यो, उधारै बेचिन्थ्यो । त्यो बेला सजिलो थियो । ६० सालबाट उधारोमा सामान पाउन बन्द भयो । तर उधारोमा दिने बानी परेकाले नगदमा किनेर उधारो बेच्दा साह्रै गाह्रो भयो । समस्या नै पर्यो ।

बजारमा अस्वस्थ प्रतिष्पर्धा छ

पहिले र अहिले लगानीमा धेरै फरक छ । सुरुमा एउटा गाडी थियो । अरुको गाडीबाट पनि सामान लिएर व्यापार गरिन्थ्यो । अहिले बजारमा अस्वस्थ प्रतिष्पर्धा छ । अहिले कसले बढि उधारो दिन्छ कसले सस्तोमा दिन्छ भन्ने छ । उपभोक्ताहरु पनि बुझेको हुनाले प्रतिष्पर्धामा एक अर्कालाई जुधाएर सामान लिन खप्पिस भईसकेका छन् । क्यासमा किनेर क्रेडिटमा बेच्नुपर्छ । मार्जिन कम छ । लगानी धेरै नै बढि गर्नुपर्छ ।

अरुको गाडिबाट काम गर्दा भर नहुने

म सँग अहिले एउटा क्रसर छ । एउटा ब्याकु लोडर छ । ३ वटा टिपर छ । बीचमा आठ÷दशवटा गाडी किनेर पनि काम गरें । जुन काम गरिन्छ अरुको गाडीबाट भर नहुने भयो । किनभने अरुको गाडिबाट बालुवा ल्याईदिनु भन्यो भने हुन्छ भन्छन् । तर मैले दिने रेटभन्दा अरुले ५ सय बढि दियोभने त्यो सामान अन्तै झारेर मेरो गाडी बिग्रीयो है तपाईलाई सामान भएन भनेर भनिदिने पनि गरे । उपभोक्तालाई आफुले भनेको दिनमा सामान दिन्छु भनेर दिन नसकिने हुनथाल्यो । अरुको भर नभएकाले आफ्नै गाडीमात्र राखेर काम गरियो । उधारो बढि भएकाले अहिले थोरै गाडीबाटै काम गरिरहेको छु ।

जीवनमा संधै सकारात्मक सोच राख्नुपर्छ

म आफ्नो व्यवसायबाट सन्तुष्ट छु । सबैलाई जीवनमा कहिल्यै आत्तिनु हुँदैन भन्छु । काम गर्दै जानुपर्छ, सकारात्मक सोच राख्नुपर्छ । अर्काको चिज लिएपछि तिर्छु र अर्काले पनि तिर्छ भन्ने सोच्नुपर्छ । अहिले छैन भनेपनि भोलि त पक्कै तिर्छ भन्ने सोच राख्नुपर्छ । नहुने मानिसको घाँटी च्याप्नु हुँदैन । आफुसँग छैन, कसैको तिर्न सकिएन भनेर आत्तिनु हुँदैन । तिर्छु भन्ने सोच संधै राख्नुपर्छ ।

सुख र पैसा कति भए पुग्ने ? यसको कुनै सिमा हुँदैन

कारोबार गर्दा सकेसम्म आफ्नै व्यापार व्यवसाय गरेर तिर्छु भन्ने सोच राख्नुपर्छ । यदि त्यसरी सकिएन भने आफ्नो भएको जग्गा जमिन बेचेर भएपनि तिर्नुपर्छ । सकारात्मक सोच भयो भने जीवनमा असफलता पनि हुँदैन । र जीवन त्यति धेरै दुःखमय पनि हुँदैन । वास्तवमा सुख र पैसा कति भए पुग्ने ? त्यसको कहिल्यै सिमा हुँदैन । सके ऋण गरेर भएपनि तिर्ने सकिएन भने ल आज भएन तपाईले समय दिनुपर्यो, तपाईको पैसा तिर्छु भन्नुपर्छ । सबैको चिज लिएपछि तिर्ने र आफुले पनि लिनुपर्ने ठाउँमा लिनुपर्छ भन्ने सोच राखौं । आफुले बोलेको समयमा बोलेको मानिसलाई तिर्न पाईएन भनेर म कहिल्यै पनि आत्तिन । कहिले काँही तिर्नुपर्ने मानिसलाई तिर्न नसक्दा उबाट भागिन । मोबाईल अफ गरिन । काम गर्दै जाँदा समयमा कारोबार नहुँदा समस्या रह्यो । तर आफ्नो इमान्दारिता गुमाईन र अरुलाई पनि आफ्नो इमान्दारिता नगुमाउनुस् भन्न चाहन्छु ।

(अर्थतन्त्रका लागि हरिशरण न्यौपानेसँगको कुराकानीमा आधारित )

प्रकाशित मितिः २०७३ फागुन ५ गते

वि.सं.२०७३ फागुन ५ बिहीवार ०७:४० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...