back
NMB ad

नेपाल बंगलादेश बैंकको नयाँ लोगो सार्वजनिक

Kumari bank ad

काठमाडौ । नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो संस्थागत नयां लोगो सार्वजनिक गरेको छ । नयां लोगो सार्वजनिक गर्दै बैंक संचालक समितिका अध्यक्ष जलाल अहमदले नयां लोगो संगै बैंक नयां चरणमा प्रवेश गरेको बताए ।

उनले नयां लोगोको प्रवद्र्धनले बैैकको छविलाई अझ उच्च बनाउन मद्दत गर्ने तथा बैंकले पनि आफ्नो सेवा सुविधालाई अझ चुस्तदुरुस्त बनाउने बताए । कार्यक्रममा नेपाल राष्ट््र बैंकका उच्च पदस्थ कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, बैंक संचालक समितिका सदस्यहरु, प्रमूख कार्यकारी अधिकृत लगायत बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकको विगत वर्षहरु देखि प्रचलनमा रहेको आफ्नो लोगोलाई थप केही परिमार्जन गरि अझ बढि जिवन्त बनाई हरेक कदममा अगाडि बढ्ने प्रतिवद्धता झल्किने खालको रंग र आकारमा नयां लोगोलाई प्रस्तुत गरिएको जनाएको छ । नयां लोगोमा रातो र हरियो रंगको प्रयोग गरिएको छ । बैंकले उक्त लोगोमा प्रयोग भएको रातो रंगलाई हार्दिकता, परिपक्कता, निर्भिकता, उत्साह र उर्जाको समिश्रणको रुपमा लिएको तथा हरियो रंगलाई विश्वासनीयता, सृजनशिलता, गतिशिलता, प्रगतिको समिश्रणको रुपमा लिएको जनाएको छ ।

अहिलेको वर्तमान विषम परिस्थितिमा पनि नेपाल बंगलादेश बैक एक उत्कृट, विश्वसनीय, सक्षम र सृजनशिल बैैंक हो र भविष्यमा पनि आफ्ना ग्राहकवर्ग तथा समग्र समाजमा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल हुने प्रतिवद्धता जनाउनको लागि नयां लागोले सहयोग गर्ने विश्वास बैंकले लिएको छ । उक्त नयां लागोले बैंकको पहिचानमा थप मद्दत पुग्ने तथा बैंक, वित्तिय संस्थाहरुको भिडभाडमा पनि आफ्नो बजारीकरणलाई अझ टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रयमासको वित्तिय विवरण अनुसार बैंकको कुल चुक्ता पूंजी रु. ४.०१ अर्ब, निक्षेप संकलन रु. ४१.०३ अर्ब तथा कर्जा लगानी रु. ३६.२० अर्ब रहेको छ । साथै सोही अवधिको खुद नाफा रु. ५४.०६ करोड रहेको छ । बैंकले हाल ४३ शाखा, ७ शाखारहित सेवा, २ एक्सटेन्सन काउन्टर तथा ३९ वटा एटिएम बाट आफ्नो सेवा उपलब्ध गराई रहेको छ ।

प्रकाशित मितिः २०७३ फागुन ७

वि.सं.२०७३ फागुन ७ शनिवार १३:१८ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...