back
NMB ad

दूरसंचार कम्पनीको ५१ प्रतिशत नगद लाभांश पाउनका लागि सेयर किनिसक्नुपर्ने मिति जान्नुहोस्

Kumari bank ad

काठमाडौ । सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनीले यसपालि साधारण भामा ५१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाने भएको छ । दूरसंचारको नवौ वार्षिक साधारण सभा फागुन ३० मा हुने भएको छ । दूरसञ्चारले सरकारी स्वामित्वको यो कम्पनी वर्षेनि लगानीकर्तालाई आकर्षक नगद लाभांश दिने कम्पनीमा पर्दै आएको छ । नगद दिए पनि कम्पनीले बोनस सेयर भने अहिलेसम्म दिएको छैन ।

चुक्ता पुँजी बढाउन आवश्यक नभएको अनि थप काम गर्न पुँजी जुटाउने आवश्यकता पनि नदेखिएकाले दूरसञ्चार कम्पनीले जहिले पनि नगद लाभांशमा मात्र केन्द्रित हुँदै आएको हो । साथै, साधारण सभामा चार्टर्ड एकाउन्टेन्ट सुबोधकुमार कर्णलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि लैजादैछ । त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे हुने साधारण सभा सुरु हुनेछ ।

सो साधारणसभाको प्रयोजनको लागि फागुन १५ देखि ३० गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्ने भएकोले सो लाभांस पाउनको लागि १२गतेसम्म कम्पनीको सेयर किनिसक्नु पर्ने छ ।

दूरसञ्चार कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । यो कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सात अर्ब ९१ करोड ८६ लाख ५९ हजार ६०६ रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रकाशित मितिः २०७३ फागुन ८

वि.सं.२०७३ फागुन ८ आइतवार १३:२२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...