back
NMB ad

भोलि चुनावको मिति घोषणा हुने, मधेशमा स्थानीय तहको संख्या बढाइने

Kumari bank ad

काठमाण्डौं । आज आइतबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका दुई प्रमुख घटक नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेतहरुको बैठकले भोलि सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोक्ने र संशोधन प्रक्रिया पनि अगाडि बढाउने सहमति गरेका छन्।

बैठकले मधेसी मोर्चाको असन्तुष्टि मत्थर पार्नका लागि मधेसमा स्थानीय तहको संख्या बढाउने सहामति पनि वैठकले गरेको छ। कांग्रेस–माओवादी केन्द्रको बैठकले स्थानीय निकाय पुनर्संरचना आयोगसँग छलफल गरी मधेसमा स्थानीय तहको केही संख्या थप्ने निर्णय गरेको हो। मधेस केन्द्रीत पार्टीहरुले निर्वाचन अघि संविधान संशोधनका साथै पहाड तथा मधेसका स्थानीय तहको संख्या जनसंख्याको आधारमा तोक्नु पर्ने पनि माग राख्दै आएका छन्।

तराईका २० जिल्ला र पहाड तथा हिमालका ५५ जिल्लामा जनसंख्याका झन्डै आधिआधि रहे पनि स्थानीय तहको संख्या भने पहाड तथा हिमालमा धेरै छ। आयोगले मुलुकभर ७१९ वटा गाउँ, नगरपालिकाको संख्या तोकेको छ। त्यसमध्ये तराईका २० जिल्लामा २४० अर्थात् ३४ प्रतिशत संख्या तोकेको छ भने पहाडी र हिमाली जिल्लामा ४७९ अर्थात् ६६ प्रतिशत स्थानीय निकाय तोकिएका छन्।

८ फागुन २०७३, १।००

वि.सं.२०७३ फागुन ८ आइतवार १४:५५ मा प्रकाशित

You can share this post!

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...