back
NMB ad

मध्यबधी समिक्षा गर्दा राष्ट्रिय गौरवका आयोजनाको प्रगति शून्य,जम्मा १३ प्रतिशत खर्च

Kumari bank ad

काठमाडौ । सरकारले उच्च प्राथमिकतामा राखेर र उच्च बजेट विनियोजन गरिएका राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति दयनीय देखिएको छ । सरकारले राष्ट्रिय गौरवका आयोजना रूपमा अघि बढाएको तीन आयोजनामा चालू आर्थिक वर्ष २०७३/७४ मध्यावधिसम्म सुको पनि खर्च हुन सकेको छैन ।
राष्ट्रिय गौरवका आयोजनाका रूपमा अघि बढाइएका दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले चालू आवको ६ महिना बितिसक्दा विनियोजित बजेटको सुको पनि खर्च गरेका छैनन् ।

सरकारले ती तीन आयोजनाका लागि चालू आवमा करीब पौने १४ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनामा ७ अर्ब २२ करोड रुपैयाँ, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि ५ अर्ब रुपैयाँ र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना, निजगढमा १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

तर सरकारले उच्च प्राथमिकतामा राखेर उच्च बजेट विनियोजन गरिएका यी आयोजनामा पुस मसान्तसम्म कत्ति पनि बजेट खर्च भएको छैन ।

फास्ट ट्रयाक र बूढीगण्डकीमा १ प्रतिशत पनि खर्च भएन

महालेखा नियन्त्रक कार्यालयका अनुसार राष्ट्रिय गौरवका आयोजनामध्ये चालू आवमा सबैभन्दा बढी बजेट विनियोजन गरिएको काठमाडौं–तराई मधेस फास्ट ट्रयाकको खर्च पनि निराशाजनक छ । उक्त आयोजनाले चालू आवमा विनियोजित कुल बजेटको जम्मा शून्य दशमलब शून्य दशमलब पाँच प्रतिशतमात्र बजेट खर्च गरेको छ । उक्त आयोजनाका लागि चालू आवमा १० अर्ब ८९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । त्यसमध्ये पुस मसान्तसम्म उक्त आयोजनाले ५२ लाख रुपैयाँमात्र खर्च गरेको छ ।

त्यस्तै, चालू आवको मध्यावधिसम्म बुढीगण्डकी जलविद्युत् आयोजनाको खर्च प्रगति शून्य दशमलव ४७ प्रतिशतमात्र छ । उक्त आयोजनाका लागि चालू आवमा ५ अर्ब ३३ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । पुस मसान्तसम्म उक्त आयोजनाले २ करोड ५२ लाख रुपैयाँमात्र खर्च गरेको छ ।

धेरै बजेट खर्च गर्नेमा रानी जमरा कुलरिया सिँचाइ आयोजना

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आवमा कुल विनियोजित बजेटबाट सबैभन्दा धेरै खर्च गर्नेमा रानी जमरा कुलरिया सिँचाइ आयोजना छ । राष्ट्रिय गौरवको उक्त आयोजनालाई चालू आवमा १ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ विनियोजन गरिएको थियो । पुस मसान्तसम्ममा उक्त आयोजनाले करीब साढे ८२ करोड रुपैयाँ खर्च गरिसकेको छ । यो खर्च कुल विनियोजित बजेटको ५८ दशमलब २८ प्रतिशत हो ।

त्यस्तै, पुष्पलाल लोकमार्ग (मध्यपहाडी लोकमार्ग) ले पुस मसान्तसम्ममा कुल विनियोजित बजेटको ४५ दशमलब २६ प्रतिशत बजेट खर्च गरेको छ । यो आयोजनाका लागि चालू आवमा २ अर्ब ८८ करोड ७१ लाख रुपैयाँ विनियोजन गरिएको थियो । त्यसमध्ये पुस मसान्तसम्ममा यो आयोजनाले १ अर्ब ३० करोड ६८ लाख रुपैयाँ खर्च गरिसकेको छ ।
मेलम्ची आयोजनाले २० प्रतिशत बजेटमात्र खर्च

त्यस्तै, चालू आवको मध्यावधिसम्ममा मेलम्ची आयोजनाले २० दशमलब ७९ प्रतिशत बजेट खर्च गरेको छ । आगामी दशैंसम्म सम्पन्न हुने भनिएको यो आयोजनाका लागि चालू आवमा ५ अर्ब ९८ करोड ४९ लाख रुपैयाँ विनियोजन गरिएको थियो । त्यसमध्ये पुस मसान्तसम्ममा यो आयोजनाले १ अर्ब २४ करोड ४५ लाख रुपैयाँ खर्च गरिसकेको छ ।

राष्ट्रिय गौरवका आयोजनाको समग्र खर्च प्रगति १३ प्रतिशत

सरकारले चालू आवमा १८ वटा राष्ट्रिय गौरवका आयोजनाका लागि ५४ अर्ब १७ करोड ५७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त विनियोजित बजेटमध्ये पुस मसान्तसम्ममा ७ अर्ब ४ करोड ९३ लाख रुपैयाँमात्र खर्च भएको छ । यो खर्च कुल विनियोजित बजेटको १३ दशमलब १ प्रतिशतमात्र हो ।

सोमवार अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालू आवको मध्यावधि समीक्षा प्रतिवेदनले भने राष्ट्रिय गौरवका आयोजनालाई उच्च प्राथमिकता दिइएको र तिनको कार्यान्वयनमा खासै समस्या नदेखिएकोले बाँकी अवधिमा खर्च बढ्ने उल्लेख गरेको छ ।

‘धेरैजसो आयोजनाको ठेक्का प्रक्रिया लगायतका पूर्वतयारी सकिएकाले वास्तविक निर्माण कार्य फागुनदेखि शुरु हुने भएकाले खर्च बढ्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

सोमवार मध्यावधि समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय गौरवका आयोजनाको निर्माण सुस्त भएको जनाएका थिए । उनले ती आयोजनाको निर्माणकार्य द्रुत प्रक्रियाबाट सम्पन्न गर्ने नीति अवलम्बन गरी छुट्टै कानून एवं संयन्त्रको निर्माण जरुरी रहेको औंल्याएका थिए ।

प्रधानमन्त्री, सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिव, राष्ट्रिय योजना आयोगबाट ठूला आयोजना र महत्वपूर्ण कार्यक्रमको अनुगमन भइरहेको जनाए पनि हालसम्म राष्ट्रिय गौरवका आयोजनाको बजेट खर्च स्थिति निराशाजनक छ ।

प्रकाशित मितिः २०७३ फागुन १०

वि.सं.२०७३ फागुन १० मंगलवार १३:०७ मा प्रकाशित

You can share this post!

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

वि.सं.२०८१ जेठ २ बुधवार १२:५५

बेइजिङ, २ जेठ : चीनले बुधबार समुद्री तटमा रहेका सबै...

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...