back
NMB ad

लिलामीमा आयो दुई कम्पनीको करिब १ लाख ६६ हजार कित्ता सेयर, किन्ने हैन त ?

Kumari bank ad

काठमाण्डौं । हिमालयन बैंक लिमिटेडको एक लाख ४५ हजार पाँच सय ८० कित्ता तथा  नागबेली लघुवित्त कम्पनीको २० हजार चार सय ७२ कित्ता सेयर लिलाम हुने भएको छ । हकप्रद निष्काशनका दौरान सबै सेयरमा आवेदन नपरे पछि दुई संस्थाले उक्त परिमाणको सेयर लिलाम हुन लागेको हो ।

हिमालयनले सात अनुपात एक कित्ताको दरले कुल ६४ लाख २७ हजार तीन सय ५० कित्ता सेयर हकप्रद निष्काशन गरेको थियो । कात्तिक २६ देखि मंसिर ३० सम्म निष्काशित बैंकको हकप्रदमा ११ हजार सात सय आवेदकले निवेदन दिएका थिए । बैंकले माघ दुई गते नियमानुसार ६२ लाख ८१ हजार ७७० कित्ता सेयर आवेदकलाई बाँडफाँड गरिसकेको छ भने बाँकी सेयर बोलकबोलबाट बैंकले बिक्री गर्ने भएको हो ।

त्यस्तै, नागबेली लघुवित्त कम्पनीको पनि २० हजार चार सय ७२ कित्ता सेयर लिलामीमा आउनेको भएको छ । कम्पनीले कुल एक लाख २५ हजार कित्ता हकप्रद मंसिर २० गतेदेखि माघ १० गतेसम्म निष्काशन खुला गरेको थियो । जसमध्ये कम्पनीले तीन हजार सात सय ८० आवेदकलाई फागुन आठ गते एक लाख चार हजार पाँच सय २८ कित्ता बाँडफाँड गरेको छ । बाँकी २० हजार चार सय ७२ कित्ता भने बोलकबोलबाट बिक्री गर्नेछ ।

११ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन ११ बुधवार ११:२७ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...