back
NMB ad

सुनमा नियम परिवर्तन : अब महिनाभरी दैनिक २५ किलो सुन ल्याउन पाइने

Kumari bank ad

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले सुन आयातको अहिलेको व्यवस्थालाई परिमार्जन गरेको छ । हिजो मंगलबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाबाट बैंकले दैनिक आयात हुने सुनको मात्रा बढाएको हो ।

अहिले दैनिक १५ किलो सुन आयात हुँदै आएकोमा फागुन महिना भरी दैनिक २५ किलो सुन आयात गर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । अब २० दिनसम्म दैनिक २५ किलो सुन नेपाल भित्रिने छ । फागुन महिना पछि भने दैनिक २० किलो मात्र सुन आयात गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकले भनेको छ, ‘सुन आयात सम्बन्धी व्यवस्थालाई थप सहज तथा प्रभावकारी बनाउन “सुन आयात तथा बिक्री वितरण कार्यविधि, २०६८” मा संशोधन गरी १०० ग्राम, २०० ग्राम, ५०० ग्राम तथा १ किलोग्राम परिमाणका सुन आयात गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ । त्यसैगरी, दैनिक १५ किलोग्रामसम्म सुन आयात गर्न सकिने सीमामा वृद्धि गरी २०७३ फागुन मसान्तसम्म दैनिक २५ किलोग्रामसम्म र तत्पश्चात्दैनिक २० किलोग्रामसम्म आयात गर्न सकिने व्यवस्था मिलाइएको छ ।’

११ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन ११ बुधवार १३:२३ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...