back
NMB ad

व्यापारीसँग प्रतिस्पर्धा गर्न नसक्दा खाद्य संस्थानले धान पाएन

Kumari bank ad

वीरगन्ज। व्यापारीसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाल खाद्य संस्थान वीरगन्ज शाखा यस वर्ष धान खरिद गर्ने लक्ष्य हासिल गर्न असमर्थ रहेको छ । संस्थानले चालु आवमा ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्दा हालसम्म रु दुई करोड सात लाखको नौ हजार क्विन्टल मात्र खरिद गर्न सकेको छ ।

संस्थानले तोकेको मूल्यभन्दा गल्ला व्यापारीले बढी मूल्य दिने भएका कारण यस वर्ष लक्ष्य प्राप्त गर्न नसकिएको शाखा प्रमुख पवित्र गौतमले बताए । संस्थानले सोना मन्सुली प्रति क्विन्टल रु दुई हजार ३०० र जिरा मसिनो धान प्रति क्विन्टल रु दुई हजार ८७५ मूल्य तोकेको थियो । सो मूल्य बजार मूल्यभन्दा करिब १० प्रतिशत कम भएका कारण उत्पादन गरेको धान संस्थानलाई नभइ गल्ला व्यापारीलाई बिक्री गरेको किसान शेषमन पण्डितले बताए ।

गल्ला व्यापारीले अहिले किसानबाट सोना मन्सुली धान प्रति क्विन्टल रु दुई हजार ५०० तथा जिरा मसिनो धान प्रति क्विन्टल रु तीन हजार एक सयको दरले खरिद गर्दै आएको छ । सरकारले तोकेकोभन्दा बढी मूल्यमा धान खरिद गर्न संस्थान असमर्थ रहेको छ । मूल्य संशोधन गर्ने प्रक्रिया जटिल भएकाले मूल्य बढाउन नसकिएको गौतम बताउँछन् ।

संस्थानसँग गत वर्षको सोना मन्सुली धान चार हजार क्विन्टल तथा जिरा धान दुई हजार क्विन्टल मौज्दात रहेको छ ।
प्रकाशित मितिः २०७३ फागुन ११

वि.सं.२०७३ फागुन ११ बुधवार १४:०९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...