back
NMB ad

आर्थिक पारदर्शिताको नारा लाउने बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीलाई सय रुपैंया जरिवाना !

Kumari bank ad

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाललाई एक सय रुपैंयाँ जरिवाना हुने भएको छ । तोकिएको समयमा आय व्यय विवरण पेश नगरेपछि निर्वाचन आयोगले नयाँ शक्ति पार्टी नेपाललाई एक सय रुपैंयाँ जरिवाना गर्न लागेको हो ।‘

आर्थिक बर्ष सकिएको ६ महिना भित्र आर्थिक विवरण पेश नगरे एक सय रुपैंयाँ जरिवाना हुने कानुनी व्यवस्था छ, त्यसकै आधारमा आयोगले सार्वजनिक सूचना निकालेको छ’, निर्वाचन आयोगका सूचना अधिकृत सूर्य प्रसाद अर्यालले भने ।

नयाँ शाक्ति पार्टीले आर्थिक बर्ष २०७२/७३ सालको आय व्यय विवरण तोकिएको समयभित्रै बुझाएको थिएन् । आयोगले नयाँ शक्ति पार्टीसहित अन्य १२ राजनीतिक दललाई आय व्यय विवरण ढिलो बुझाउनुको कारण सोधेर सार्वजनिक स्पष्टीकरण मागेको छ ।

अन्य १८ वटा राजनीतिक दलहरुले भने अझै पनि गत आवको आयव्यय विवरण बुझाएका छैनन् ।आर्थिक पारदर्शिताको नारासहित नयाँ शक्ति पार्टी गठन गरेका डा. बाबुराम भट्टराईले पार्टीको आयव्यय विवरण पेश नगरेर कारवाहीको सूचिमा परेका हुन् ।

प्रकाशित मितिः २०७३ फागुन १२

वि.सं.२०७३ फागुन १२ बिहीवार १२:५४ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...