back
NMB ad

सेयर जारी गर्दै गरेका १२ कम्पनी चिन्नुहोस् र लगानी गर्नुहोस्

Kumari bank ad

काठमाण्डौं । एक दर्जन कम्पनीले प्राथमिक र हकप्रद सेयर जारी गर्न लागेका छन् । १२ कम्पनीमा एक कम्पनीले प्राथमिक र अन्य ११ कम्पनी मध्ये कसैले हकप्रद सेयर निष्कासन गरिसकेका छन् भने कोही गर्ने क्रममा रहेका छन् ।

सबैभन्दा पहिले युनाईटेड मोदी हाईड्रोपावर कम्पनीले प्राथमिक सेयर निष्कासन गर्दै छ । कम्पनीले १७ लाख २५ हजार कित्ता प्राथमिक सेयर निष्कासन गर्न लागेको हो । फागुन १९ गते देखि निष्कासन खुल्ला भै छिटोमा फागुन २३ गते निष्कासन बन्द हुने बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्सले जनाएको छ ।

यसका साथै, ११ कम्पनीले हकप्रद निष्कासन गर्नेमा सबैभन्दा अगाडि देव विकास बैंक रहेको छ । देवले ५० प्रतिशत हकप्रद निष्कासन खुला गरेको छ । माघ ९ गतेदेखि निष्कासन खुला भएको देवको फागुन २७ गतेसम्म हकप्रद भर्ने अन्तिम समय रहेको छ । एनआइबीएल क्यापिटल मार्केट्स मार्फत हकप्रद आवेदन दिन पाइने कम्पनीले जनाएको छ ।

नेको इन्स्योरेन्स लिमिटेडले फागुन ३ गतेदेखि शतप्रतिशत हकप्रद निष्कासन गरेको छ । एनएमबी क्यापिटल मार्फत चैत ७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कैलाश विकास बैंकले साबिक पाँच सेयर बराबर एक सेयर हुने गरी हकप्रद फागुन ६ गतेदेखि निष्कासन गरेको छ । ग्लोबल आइएमई क्यापिटल मार्फत चैत्र १० गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

हकप्रदको लाइनमा रहेको भार्गब विकास बैंकले फागुन १९ देखि हकप्रद निष्कासन गर्दै छ । साबिक सेयरधनीलाई शतप्रतिशत हकप्रद निष्कासन गर्न लागेको बैंकले चैत्र २८ गते सम्म आवेदन गर्न पाउने जनाएको छ । बैंकको हकप्रदको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

हकप्रद निष्कासनकै क्रममा रहेका अन्य कम्पनीमा मिसन डेभलपमेन्ट बैंकले बिभोर क्यापिटल मार्फत शतप्रतिशत हकप्रद निष्कासन गर्दै छ । कुमारी बैंकले ५० प्रतिशत हकप्रद सिदार्थ क्यापिटल मार्फत निष्कासन गर्ने भएको छ ।

डिप्रोक्स लघुवित्त बिकास बैंकले नबिल इन्भेस्टमेन्ट मार्फत शतप्रतिशत हकप्रद निष्कासन गर्दै छ । नेरुड़े लघुवित्त विकास बैंकले ५० प्रतिशत एनसीएम मर्चेन्ट बैंकमार्फत हकप्रद निष्कासन गर्दै छ ।

सिटिजन बैंकले साबिक १० सेयरधनीलाई २।५ प्रतिशतका दरले सानिमा क्यापिटल मार्फत हकप्रद निष्कासन गर्दैछ भने प्रभु इन्स्योरेन्सले प्रभु क्यापिटल मार्फत ५० प्रतिशत हकप्रद दिदैँछ ।

नयाँ सेयरको लाइनमा रहेको स्ट्यान्डर्ड चाटर्ड बैंकले २५ लाख ५८ हजार एकसय ४० कित्ता एफपिओ निष्कासन गर्दै छ ।

१६ फागुन २०७३, १२।००

वि.सं.२०७३ फागुन १६ सोमवार १३:३० मा प्रकाशित

You can share this post!

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...