back
NMB ad

२५ वर्षपछि आज राजधानीमा लगानी सम्मेलन, विश्वका अढार्इ सय लगानीकर्ता सहभागी

Kumari bank ad

काठमाण्डौं। नेपाल आकर्षक लगानी गन्तब्यको रुपमा विकास गर्न आजदेखि राजधानीमा लगानी सम्मेलन सुरु भएकोछ । नयाँ सविधान जारी भएपछि प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने उदेश्यसहित गर्न लागिएको सम्मेलनमा बहुराष्ट्रिय कम्पनी कोकाकाला, माइक्रोसफ्ट, चिनियाँ कम्पनी होङसी लगायतका ठूला कम्पनीका प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनमा नेपालका राजनीतिक दलले समेत लगानीका लागि राजनीतिक प्रतिवद्धता गर्नेछन्।

दुर्इ दिनसम्म चल्ने सम्मेलनमा भारतीय अर्थमन्त्री अरुण जेट्ली समेत सहभागी हुँदैछन्।उनी सम्मेलनका मूख्य बक्ता छन्।उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजनामा हुने सम्मेलनमा अढार्इ सय विदेशी सहभागी हुनेछन्।

माइक्रोसफ्टका दक्षिणपूर्वी क्षेत्रका महाप्रवन्धक मिहिल्ली सिमोन्स, कोकाकोला नेपालका एमडी पुनित भर्सेनी लगायतका लगानीकर्ता सहभागी हुने मन्त्रालयले जनायो।

विदेशी पाहुनाका विमानस्थलमा छुट्टै इमिग्रेसन डेस्क स्थापना गरिएको उद्योग विभागका प्रदीप कोइरालाले बताए। विदेशीका लागि स्वागत गर्नका लागि पनि छुट्टै हेल्प डेस्कको स्थापना गरिएको उनले बताए।

सम्मेलनमा सबैभन्दा धेरै चिनियाँ लगानीकर्ता आउने भएका छन्। दुईसय ५० जना भन्दा धेरै विदेशी लगानीकर्ताले सहभागिताका लागि नाम दर्ता गराएको लगानी बोर्डका प्रवक्ता मधुप्रसाद भेटुवालले बताए। उद्योग मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले सम्मेलनमा भारतबाट २५ जना लगानीकर्ताले सहभागिताका लागि नाम दिएको बताए।

सम्मेलनमा दोस्रो ठूलो बक्ताका रुपमा एसियन इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट बैंकका प्रेसिडेन्ट जिन लिछिन हुनेछन्।सम्मेलनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहित चारजना मन्त्रीहरुले बोल्ने कार्यक्रम रहेको छ। सम्मेलनमा उद्योगमन्त्री नवीन्द्रराज जोशी, अर्थमन्त्री कृष्णबहादुर महरा, पर्यटनमन्त्री जीवनवहादुर शाही र वाणिज्यमन्त्री रोमी गौचन थकालीले सम्वोधन गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, पूर्व अर्थमन्त्री रामशरण महत, राष्ट्रिय योजना आयोगका सदस्यहरु स्वर्णिम वाग्ले र चन्द्रकान्त पौडेल, परराष्ट्र सचिव शंकरदाश बैरागी, गभर्नर डा।चिरन्जिवी नेपाल, उद्योग सचिव शंकरप्रसाद कोइराला तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनमा बोल्ने कार्यक्रम रहेको छ।

सम्मेलनमा विद्युत प्राधिकरणका महाप्रवन्धक कुलमान घिसिङ, नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार, खानी विभागका महानिर्देशक राजेन्द्रप्रसाद खनाल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका महानिर्देशक विरेन्द्र कुमार मिश्र, विशेष आर्थिक क्षेत्र सेजका कार्यकारी निर्देशक चन्डिका प्रसाद भट्ट, पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले पनि बोल्नेछन्।

माइक्रोसफ्टका कन्ट्री डाइरेक्टर एलिन बाइलोचन तुलाधर, निम्वसका कार्यकारी निर्देशक आनन्द बगारिया मेगा बैंकका सिइओ अनिल शाह, स्वतन्त्र उर्जा उत्पादक संघका कार्यकारी सदस्य आशिष गर्ग, रोल्पा सिमेन्टका अध्यक्ष भरत कुँवर, नेपाल उद्योग वाणिज्य महासंघकी बरिष्ठ उपाध्यक्ष भवानी राणा, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य विमला राई पौडेल, एफवान सफ्टका अध्यक्ष विश्वास ढकाल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु जगदीश चन्द्र पोखरेल तथा डा। शंकरप्रसाद शर्मा, पेट्रोलियम विज्ञ डा रमेशप्रसाद बस्याल, गैरआवासीय नेपाली संघ नेपालका संस्थापक अध्यक्ष उपेन्द्र महतोले बोल्ने कार्यक्रम छ।

सम्मेलनमा चीन र भारत बाहेक श्रीलंकाका २०, जापानका १५, मलेसियाका १३, क्यानाडाका १२, हङकङका १०, बेलायत, दक्षिण कोरिया लगायतका देशबाट सहभागी हुनेछन्।

सम्मेलनमा स्टान्डर्ड चार्टर्ड बैंक नेपालका सिइओ जोसेफ सिल्भानुस, क्लाउड इन्जिनियरिङ फ्याक्ट्रीका भाइस प्रेसिडेन्ट कर्मानाथ डंगोल, पूर्व गभर्नर कृष्णबहादुर मानन्धर, पावर चाइना रिर्सोसेजका प्रतिनिधि लि यानफिङ, होङसी सिमेन्टकी भाइस प्रेसिडेन्ट लिउ युन्छिया, सूचना प्रविधिविज्ञ मनोहर भट्टराई, हिमालयन बायोट्रेडवाट सरस्वती गुरुङ, राकुरा चिया कम्पनीका एमडी निरज राठी, चौधरी ग्रुपका एमडी निर्वाण चौधरी, ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योती, पर्यटन बोर्डका पूर्व सिइओ प्रचण्डमान श्रेष्ठले बोल्नेछन्।

सम्मेलनमा प्रोफेसर केपी काफ्ले, नाट्टाका पूर्व अध्यक्ष रविन्द्रराज पाण्डे, होङ्सी शिवम् सिमेन्टका भाइस प्रेसिडेन्ट सतिशकुमार मोर, उद्योगी शेखर गोल्छा, श्यामप्रसाद गिरी, प्रसिद्धराज पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका निर्वतमान अध्यक्ष सुरज बैद्य, युनिलिभर नेपालका एमडी सुयेस चौहान, मलेसियाका पूर्व यातायातमन्त्री एम। क्याभेयास, डोल्मा डेभलपमेन्ट फन्डका सिइओ टिम गोचर, आइएफसीका कन्ट्री मेनेजर वेन्डी जो वार्नर र एस होटेल एण्ड रिसोर्टका डाइरेक्टर योगेन्द्र शाक्यले मन्तब्य राख्नेछन्।

१९ फागुन २०७३, बिजमाण्डु, ११।००

वि.सं.२०७३ फागुन १९ बिहीवार १२:४० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...