back
NMB ad

सौर्य एयरको अर्को जहाज आउँदै, चैत पहिलो सातादेखि उडान थाल्ने

Kumari bank ad

विराटनगर। सौर्य एयरले यही फागुन २६ गतेभित्रमा अर्को जहाज ल्याउने भएको छ । सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले जेट इन्जिन भएको सिआरजे २०० जहाज ढिलोमा पनि यही फागुन २६ गतेभित्र नेपाल आइपुग्ने बताए ।

नयाँ जहाज ल्याएपछि सरकारी प्रक्रिया पूरा गरेर चैतको पहिलो सातादेखि मात्र उडान सुचारु गरिने उनले बताए।

यो एयरलाइन्सले विगत साढे दुई वर्षदेखि ५० यात्रुको क्षमता रहेको एक विमानबाट आन्तरिक उडानमा सेवा दिइरहेको छ ।अध्यक्ष पोखरेलका अनुसार क्यानाडाको प्रसिद्ध र सबैभन्दा पुरानो बम्बाडिया कम्पनीबाट खरिद गरिएको अब ल्याइने जहाज पनि ५० सिट क्षमताकै हुनेछ ।

‘नेपालको आन्तरिक उडानमा जेट इन्जिन जडान गरिएको विमान सौर्य एयरको मात्र हो’, दीपकले भने, ‘अहिले सञ्चालनमा रहेको विमानमा जेटकै इन्जिन छ र अब ल्याइने विमानमा पनि ।’

एक मात्र जहाज भएकाले कहिलेकाहिँ समयमा उडाउन नसकिएको बताउँदै उनले अर्को जहाज आएपछि एयरलाइन्सकै कारणले ढिलो नहुने दाबी गरे ।

‘एअर ट्राफिम जाम भएर उडानमा बिलम्ब भयो भने बेग्लै कुरा हो’, अध्यक्ष पोखरेलले भने, ‘तर जहाजकै कारण चाहिँ अब उडान ढिलो हुँदैन ।’

सौर्यले हाल काठमाडौंबाट नेपालगञ्ज, भैरहवा र भद्रपुरमा उडान भरिरहेको छ । अर्को जहाज आएपछि धनगढी र भैरहवामा पनि उडान गर्नेछ । यसबाहेक जनकपुरको विमानस्थललाई पनि स्तरोन्नति गरिएको हुँदा त्यहाँ पनि सेवा पु¥याउने योजना भइरहेको छ ।

धनगढी र भैरहवाका लागि भने क्याप्टेन, पाइलट, एअर होस्टेज लगायतका कर्मचारीको छनौट भइसकेको उनले जानकारी दिए ।कुनै भवितव्य परेर ल्यान्ड गर्न नसकी आकाशमै उडाइरहनु प¥यो वा अन्यत्र अवतरण गर्नुपयो भने नेपालका अरू जहाज बढीमा २ घण्टा ३० मिनेट मात्र उड्न सक्छ तर सौर्यको विमानलाई ५ घण्टा ३० मिनेट उडाएर सुरक्षित विमानस्थलमा पुयाउन सकिने पोखरेलले दाबी गरे । बिजमाण्डुबाट

प्रकाशित मितिः २०७३ फागुन २१

वि.सं.२०७३ फागुन २१ शनिवार १३:१२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...