back
NMB ad

जिल्ला जिल्लामा फस्टाउँदैछ हाउजिङ,प्लटिङ,यसको संकेत के ?

Kumari bank ad

म्याग्दी। लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीमा हाउजिङ व्यवसाय फष्टाउँदै गएपछि सदरमुकाम बेनीबजार वरिपरिका खेतीयोग्य जमिन मासेरै प्लटिङ गर्ने क्रम बढेको छ । देशका अन्य सहरको तुलनामा म्याग्दीमा हाउजिङको विकास अझै भइनसके पनि त्यसको सम्भावना भने उच्च छ । जनसङ्ख्या र व्यावसायिक प्रतिष्ठाको क्रम बढ्दै गएपछि म्याग्दीमा पनि हाउजिङको आवश्यकता बढ्दै गएको सरोकारवालाले बताएका छन् ।

सदरमुकाम बेनी बजारमा बसोवास गर्ने करिब २० हजार मानिसमध्ये १३ हजार भन्दा बढी व्यक्ति ग्रामीण क्षेत्रबाट बसाइँसराई गरी आएका हुन् । उनीहरुले सदरमुकाम बेनी र नजिकका ठाउँमा घडेरी किनेर घर बनाउन थालेपछि हाउजिङ संस्कृति फस्टाउँदै गएको म्याग्दी उद्योग वाणिज्य सङ्घका सदस्य सुवीन श्रेष्ठले बताए ।

उनका अनुसार बेनी बजारमा मात्रै एक हजार ८०६ घर रहेका छन् भने तिनमा रु चार करोडसम्मका भवन तथा कम्प्लेक्स निर्माण भइसकेका छन् । हप्ताका औसत तीनवटा घरका नक्सा पास हुने गरेको बेनी नगरपालिकाले जनाएको छ । दसैँ तिहारजस्ता चाडवाडको समय तथा भदौदेखि मङ्सिरसम्ममा घरका नक्सा बढी पास हुने गरेको बेनी नगरपालिका हुनुपूर्व बेनीबजारलाई समेटेको अथुङ्गे गाविसको तथ्याङ्कमा उल्लेख छ ।

अहिले बेनी बजार र नजिकका बगरफाँट, बौर, अथुङ्गे, खबरा ,सिङ्गा लगायतका ठाउँमा घर निर्माण गर्ने क्रम बढेर गएको छ । जनसङ्ख्या वृद्धि र अव्यवस्थित बसोवास नियन्त्रण नहुँदा यहाँका खेतीयोग्य जमिन मासिँदै जान थालेको छ । बेनी बजारमा भाडामा घरका पुरै लता लिने क्रम पनि बढ्दै गएको छ । ग्राहकले पहिला घरका कोठामात्रै भाडामा लिने गरेकामा विगत दुई वर्षयता घरका तला नै लिने क्रम बढेको म्याग्दी उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

कामकाजी व्यक्तिले कोठाको सट्टा तला नै लिन थालेपछि व्यवसायीहरुले पनि पाँच–छ तलाको घर बनाउन थालेका छन् ।

प्रकाशित मितिः २०७३ फागुन २२

वि.सं.२०७३ फागुन २२ आइतवार १२:३६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...