back
NMB ad

हाइड्रोको १९ लाख कित्तामा ४ अर्ब बढीको आवेदन,कति पर्ला सेयर ?

Kumari bank ad

काठमाडौ । युनाइटेड मोदी हाइड्रापावरको आइपीओमा चार अर्ब रुपैयाँको आवेदन परेको छ । यो परम्परागत तरिकाबाट संकलन केन्द्रमा गएर आवेदन दिनेको मात्र विवरण हो । आस्वाबाट आवेदन दिनेको विवरण यसमा समावेश गरिएको छैन । आस्वाको विवरण आउन अझै केही दिन लाग्ने बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

युनाइटेड मोदीको आइपीओ सोमबारदेखि बिक्री बन्द भइसकेको छ । तीन दिनमा दुई अर्बको आवेदन परेको थियो । अन्तिम दिन सोमबार थप दुई अर्ब रुपैयाँको आवेदन परेको हो । बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल लिमिटेडका मर्चेन्ट बैंकिङ प्रमुख बद्री प्याकुरेलले आस्वाबाहेक संकलन केन्द्रबाट मात्रै चार अर्ब रुपैयाँको आवेदन परेको जानकारी दिए । ‘आस्वाको विवरण आउन अझै केही दिन लाग्छ,’ उनले भने । कुल ६४ हजार पाँच सय जनाले संकलन केन्द्रमा गएर सेयर भरेका छन् । आस्वाको विवरण आएपछि आवेदन रकम अझै निकै बढ्ने अनुमान गरिएको छ । यसअघिको ट्रेन्ड हेर्दा कुल आवेदन परेको रकममध्ये २५ प्रतिशत हाराहारीमा आस्वाबाट हुने गरेको थियो ।

युनाइटेड मोदीले फागुन १९ गतेदेखि १७ लाख २५ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो। एक सय रुपैयाँ अंकित मूल्यको यो आइपीओमा न्यूनतम ५० देखि अधिकतम १५ हजार कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो । कम्पनीले ३४ हजार ५०० कित्ता सेयर कर्मचारीको लागि छुट्याएको छ भने ८६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीहरुलाई दिएको छ ।

प्रकाशित मितिः २०७३ फागुन २५

वि.सं.२०७३ फागुन २५ बुधवार ११:५४ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...