back
NMB ad

नेपालमा भित्रियो सवा सात खर्ब बढी रेमिट्यान्स, हालसम्मकै उच्च

Kumari bank ad

काठमाण्डौं । नेपालमा विश्वका करिब ३७ देशबाट भित्रने रेमिट्यान्सको परिमाण ७ खर्ब ३३ अर्ब रूपैयाँ नाघेको छ । यो हालसम्मकै उच्च हो । विश्व बैंकले हालै प्रकाशित गरेको ‘माइग्रेसन एन्ड रेमिट्यान्स रिपोर्ट–२०१६’को पछिल्लो अद्यावधिक स्थितिअनुसार गत वर्ष नेपालमा ६ अर्ब ९२ करोड अमेरिकी डलर बराबरको रेमिट्यान्स भित्रिएको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब ३२ प्रतिशत हो ।

बैंकका अनुसार सन् २०१५ मा ६ अर्ब ७३ करोड अमेरिकी डलरबराबरको रेमिट्यान्स भित्रिएकोमा सन् २०१४ मा ५ अर्ब ८८ करोड ९० लाख डलरबराबरको रेमिट्यान्समात्र भित्रिएको थियो । वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या बढ्दै गएको र विदेशस्थित श्रम गन्तव्यमा उनीहरूले पाउने पारिश्रमिकमा भएको वृद्धिसँगै नेपाल भित्रने रेमिट्यान्सको अनुपात बढेको हो ।

बैंकको आप्रवासन तथा रेमिट्यान्स विभागको विश्लेषणअनुसार नेपालजस्ता विकासशील मुलुकमा ७० प्रतिशत मात्र रकम औपचारिक अर्थात बैंकिङ च्यानलबाट भित्रन्छ भने ३० प्रतिशत रकम अनौपचारिक माध्यम, हुन्डी, ह्यान्डक्यारी आदिबाट भित्रन्छ । नेपाल राष्ट्र बैंकले भने हाल करिब १० प्रतिशत रकममात्र अनौपचारिक माध्यमबाट भित्रने गरेको जनाएको छ । हालै गरेको एक अध्ययनअनुसार वैदेशिक रोजगारीमा गएका व्यक्तिले वार्षिक औसत ६ पटक रेमिट्यान्स पठाउने गरेका छन् ।

वैदेशिक रोजगारीमा गएकामध्ये ९१ प्रतिशतले बैंक तथा वित्तीय संस्था र रेमिट एजेन्सीमार्फत रेमिट्यान्स पठाउने गरेको दाबी राष्ट्र बैंकको छ । राष्ट्र बैंककै अनुमानलाई आधार मान्दा पनि नेपालमा भित्रने रेमिट्यान्स ८ खर्ब नाघ्छ । यद्यपि, केन्द्रीय बैंकको दाबी र वास्तविक रेमिट्यान्स प्राप्तिबीच निकै ठूलो अन्तर देखिन्छ ।

नेपालको आकर्षक श्रमगन्तव्य मानिएको दक्षिण कोरियाबाट वार्षिक ४५ अर्ब रूपैयाँ बराबरको रेमिट्यान्स भित्रनुपर्नेमा केबल २ अर्बमात्र औपचारिक माध्यमबाट भित्रिइरहेको छ । इजरायल, बेलायत, हङकङ र अष्ट्रेलियाबाट वार्षिक ३० अर्ब रूपैयाँभन्दा बढी रेमिट्यान्स हुन्डीबाट भित्रने गरेको वैदेशिक रोजगार मामिलाका जानकारहरूको अनुमान छ ।

सरकारद्वारा औपचारिकरूपमा काममा जान प्रतिबन्ध लगाइएका अफगानिस्तान, इराक मात्र होइन, बहराइनबाट भित्रने ठूलो रकमसमेत हुन्डीबाटै भित्रन्छ । एसियाली विकास बैंकले गरेको अर्को अध्ययनअनुसार करिब १५ अर्ब रूपैयाँ बराबरको रकम नेपालीहरूले बिदामा आफै आउँदा वा साथीभाइ घर आउँदा ‘ह्यान्डक्यारी’ मार्फत पठाउँछन् ।

छिमेकी मुलुक भारतमा रोजगारीका लागि जाने नेपालीको संख्या पनि ठूलो छ, त्यहाँबाट वार्षिक २५ अर्ब रूपैयाँ भित्रने गरेको अनुमान छ । माइग्रेसन एन्ड रेमिट्यान्स रिपोर्ट–२०१६ अनुसार नेपालमा सर्वाधिक रेमिट्यान्स पठाउने पहिलो १० मुलुकको सूचीमा कतार पहिलो स्थानमा, साउदी अरब दोस्रो, भारत तेस्रो, यूएई चौथो, अमेरिका पाँचौ, कुवेत छैटौं, मलेसिया सातौ, बेलायत आठौं, अष्ट्रेलिया नवौ र बंगलादेश दशौं स्थानमा छन् । बैंकको अध्ययनलाई आधार मान्दा विकसित राष्ट्रहरूबाट मात्र नभइ भुटान, बंगलादेश, भियतनामजस्ता देशबाट समेत रेमिट्यान्स भित्र्याउने गरेको पाइएको छ।

२६ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन २६ बिहीवार ११:०३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...