back
NMB ad

लगानीकर्तालाई यसरी ३२ अर्बको सेयर लाभ !

Kumari bank ad

काठमाडौ। बैंक तथा वित्तीय संस्थाहरुलाई परेको पुँजी वृद्धिको चटारोले प्रतिफलको रुपमा लगानीकर्ताको हातमा भने २० महिनामा ३२ अर्ब रुपैयाँको सेयर परेको छ । नेपाल धितोपत्र बोर्डको तथ्यांक अनुसार गत आर्थिक वर्ष ‘क’ ‘ख’ र ‘ग’ वर्गका ९६ बैंक तथा वित्तीय संस्थाले १७ अर्ब ६४ करोड रुपैयाँको बोनस सेयर दर्ता गराएका थिए ।

त्यस्तै चालु आर्थिक वर्षको करिब ८ महिनामा यी तीनै वर्गका ६५ संस्थाले १४ अर्ब ४७ करोड रुपैयाँको बोनस सेयर दर्ता गराएका छन् । यी कतिपय कम्पनीको बोनस सेयर जारी भइसकेको छ भने केहीको प्रक्रियामा रहेका छन् ।

आव २०७२÷७३ को मौद्रिक नीति मार्फत् राष्ट्र बैंकले २०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको चुक्ता पूँजी रु ८ अर्ब पुग्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, राष्ट्र बैंकको निर्देशन अनुसार २०७४ असारसम्ममा राष्ट्रिय स्तरका विकास बैंकहरुले रु २ अर्ब ५० करोड, ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरुले रु १ अर्ब २० करोड, १ देखि ३ जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरुले रु ५० करोड चुक्ता पुँजी पुर्याउँनुपर्छ ।

राष्ट्रिय स्तरका र ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीहरुले पनि यो अवधिमा रु। ८० करोड र १ देखि ३ जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीहरुले रु। ४० करोड पुर्याउनु पर्ने हुन्छ ।

पुँजी वृद्धिले परेन मर्जरमा दबाब, निर्देशनपछि मात्रै ४० संस्था बिलय

चुक्ता पुँजी वृद्धिको प्रारम्भिक लक्ष्य बैंक तथा वित्तीय संस्थाबीच मर्जर नै रहेको थियो । तर राष्ट्र बैंकले समेत यो अडान छाडेपछि बैंकहरु स्वयं पुँजी वृद्धिमा लागे र यसको परिणाम बैंकिङ क्षेत्रमा कर्जा योग्य पुँजी अभावलाई पनि लिइएको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार मर्जर विनियमावली २०६८ आएपछि २०७२ असारसम्ममा ७८ संस्थामध्ये ४८ संस्थाको विलय भएर ३० संस्थामा सिमित भएका थिए । तर, त्यसयता मर्जरमा दबाब नपुग्दा मर्जर विनियमावली २०६८ आएपछि २०७३ पुससम्ममा कुल १ सय ३० संस्थामध्ये ८८ संस्था विलय भएर ४२ मा सिमित भएको देखिन्छ । चुक्ता पुँजी वृद्धिको निर्देशन अघि ४८ संस्था विलय भएपनि निर्देशन आएको १८ महिनामा मात्रै ४० संस्था विलय भएका छन् ।

हुनतः चुक्ता पूँजी वृद्धि गर्नुपर्ने समयसीमा नजिकिदै जाँदा र बजारमा कर्जा योग्य लगानी अभावको समस्या चुलिदा थप संस्थाहरु मर्जर तथा एक्विजिशनमा जाँदै छन् । चालु आव अन्त्य हुँन बाँकी ४ महिनासम्ममा थप कति संस्था विलय हुने हुन त्यो भने समयले नै बताउँला । अनलाईनखबरबाट

प्रकाशित मितिः २०७३ फागुन २८

वि.सं.२०७३ फागुन २८ शनिवार ०९:०२ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...