काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले आज सोमबार दुई कम्पनी नेरुड़े लघुवित्त र नेपाल लाइफ इन्स्योरेन्सको समायोजित मूल्य तोकेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको २५ प्रतिशत बोनस पश्चात १९ सय ३२ रुपैयाँ समायोजित मूल्य तोकिएको छ । आजको कारोबारमा दुई प्रतिशत घटबढमा कारोबार गर्न सकिने नेप्सेले जनाएको छ ।
यस्तै नेरुड़े लघुवित्त बिकास बैंकको २० प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको प्रति कित्ता सेयर मूल्य आठ सय ६५ रुपैयाँ तोकिएको छ। आजको कारोबारमा दुई प्रतिशत घटबढमा करोंबार गर्न सकिने नेप्सेले जनाएको छ ।
३० फागुन २०७३, ११।००
वि.सं.२०७३ फागुन ३० सोमवार ११:५२ मा प्रकाशित