back
NMB ad

गर्मीयाम सुरु भएसँगै कालीगण्डकीमा जलयात्रा

Kumari bank ad

पर्वत। गर्मीयाम सुरु भएसँगै कालीगण्डकी नदीमा जलयात्रा (¥याफ्टिङ)सुरु भएको छ । जलयात्राको याम सुरु भएसँंगै कालीण्डकीमा पर्यटक आउने क्रम बढेको छ । जाडो यामको समाप्तिसँगै बर्सेनि फागुनको अन्तिम सातादेखि जलयात्राका लागि पर्यटक आउने गरेका छन् ।

लामो, समथर र कम बहाव भएका कारण बाह्य पर्यटकले जलयात्राका लागि कालीगण्डकीलाई रोज्ने गरेका छन् । स्वेदशी पर्यटकको आवागमन समेत बढेको नदी पथप्रदर्शक रवीन गुरुङले बताए । अहिले दैनिक करिब दश वटा समूहसम्ममा पर्यटक आउने गरेका छन् ।

पोखरा हुँदै अन्नपूर्ण पदमार्गमा पदयात्रा र कालीगण्डकीको जलयात्रालाई प्याकेज बनाउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । कुश्मा नगरपालिका– १ स्थित नयाँ पुल तथा मालढुङ्गाबाट सुरु हुने जलयात्रा स्याङजा, पर्वत र गुल्मीको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुङ्गिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रुपमा रहेको छ । कालीगण्डकीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् ।

जिल्लामा जलयात्राको क्षेत्रमा काम गर्ने निकाय नभएकाले छिमेकी सहर पोखराबाट विभिन्न पर्यटन व्यवसायीको सहयोगमा पर्यटक जलयात्राका लागि कालीगण्डकी आउने गर्दछन् । जलयात्राका लागि गन्तव्यस्थल बनाउन आवश्यक पूर्वाधारको व्यवस्था गर्न पर्यटन व्यवसायीले माग गरेका छन् ।

नदीमा जलयात्रा गर्ने ठाउँमा पर्खाल लगाउने, जथाभावी बालुवा निकाल्नेलगायत कारणले जलयात्रा गर्न असहज भएको पर्यटक पथप्रदर्शक गणेश पुन बताउँछन् । अर्मादी नजिकै खोलाको बिचमा रहेका ठूला ढुङ्गा नहटाउँदा समस्या आउने गरेको उनले बताए ।

प्रकाशित मितिः २०७३ चैत २

वि.सं.२०७३ चैत २ बुधवार १७:३५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ :  मन्त्री शर्मा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ :  मन्त्री शर्मा

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...