back
NMB ad

राष्ट्रपतिले कार्यालयमा नौ ओटा कुकुर छाड्दा सामाजिक संजालमा चर्काे बिरोध !

Kumari bank ad

दक्षिण कोरियाकी अपदस्थ राष्ट्रपति पार्क गेउन हेले राष्ट्रपति कार्यालय “ब्लु हाउस” मा आफ्ना नौ ओटा कुकुर छाडेकी छन् । गत आइतबार राष्ट्रपति कार्यालय छाडेर आफ्नै निजी निवासमा सरेकी पार्कले चार वर्ष अगाडि आफ्नो साथिले उपहार स्वरुप दिएको कुकुर राष्ट्रपति कार्यालय मै छाडेकी हुन् ।

स्थानीय एक समाचारपत्रले शुक्रबार लेखेअनुसार उनलाई राष्ट्रपति कार्यालय प्रवेश गर्ने बेलामा उनको छिमेकीले उपहार स्वरुप सन् २०१३ को फेबु्रअरी २५ मा दुई ओटा शिकारी कुकुर दिएका थिए ।सोलको दक्षिणी जिल्लामा रहेको पार्कको निजी निवासका छिमेकीले उनलाई कुकुर उपहार दिएका हुन् ।

पार्कको राजनीतिक आधार क्षेत्र मानिने दक्षिणपूर्वी ग्येङसानङ प्रदेशबाट ती कुकुर ल्याइएका थिए । ती कुकुर विशुद्ध उपहार मात्रै नभई पार्ककै आग्रहमा ल्याइएको थियो । उपहार दिनेले उनलाई दुई ओटा मात्रै कुकुर दिएकोमा सात ओटा केहीदिन अघि मात्रै राष्ट्रपति कार्यालयमै जन्मिएका थिए । तिनीहरु सबैलाई पार्कले राष्ट्रपति कार्यालयको पछिल्लो भागमा छाडेकी हुन् ।

संवैधानिक अदालतले महाअभियोगको फैसला गरेको दुइदिनमा उनले राष्ट्रपति कार्यालय खाली गरेकी थिईन् । उनी महाअभियोग लगाएर अपदस्त हुने दक्षिण कोरियाको पहिलो राष्ट्रपति हुन्।

जनावर अधिकारवादीको एउटा समुहले पार्कले कुकुरलाई त्यहाँ छाडेर कुकुरप्रति हिंसा जनावरको रक्षाको कानूनलाई उलङ्घन गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको छ । उनबाट कानुनको उलङघन भएको छ की छैन भन्ने कुराको स्पष्ट भइसकेको छैन । रासस/सिन्ह्वा

प्रकाशित मितिः २०७३ चैत ४

वि.सं.२०७३ चैत ४ शुक्रवार १४:३९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...