back
NMB ad

धादिङको चैनपुर बाख्रा स्रोतकेन्द्रको रुपमा विकास हुँदै

Kumari bank ad

धादिङ । बजारमा खसीबोकाको मासुको माग बढ्दै गएको अवस्थामा चैनपुरवासी बाख्रा स्रोत केन्द्रको विकासमा अघि बढेका छन् । दुई वर्षअघि दुई माउ र छ पाठा बाख्रापालन गर्नुपर्छ भनेर लागेकी चैनपुरकी लालमाया शाक्य अहिले बाख्रा व्यवसायीका रुपमा परिचित भएकी छन् । उनीसँग अहिले २९ बाख्रा छ । बाख्राका सुधारिएका राम्रा खोर बनाइएको छ । खरी जातको बाख्रा गोठमा पाल्न थालेपछि आम्दानी बढेको र यस वर्ष मात्र १२ ब्याडबाख्रा(पाठापाठी)बिक्री गरेको उनले बताईन् ।

घरको आम्दानीले खान नपुगेपछि उनका श्रीमान् भारतमा काम गर्न जानुभयो । छोरी र आमा मिलेर गाउँमा गरिएको व्यवसायले उनीहरुमा आम्दानी र सुख मिलेको छ ।

शाक्य मात्र होइन हुलाकभन्ज्याङ निवासी मनकुमारी बाणको खोरमा अहिले ११ बाख्रा छ । उनले घर जस्तै गरी सफा पारिएको आधुनिक खोर बनाएका छन् । भूकम्पले थिलथिलो पारेको अवस्थामा पनि वाणले घरसँगै बनाइएको बाख्राको खोर दिनदिनै सफा गर्ने र हरेक महिना बाख्रालाई जुकालगायत औषधि खुवाएर बाख्रापालन व्यवसाय गरिरहेका छन् ।

बाख्रापालन सुरु गर्दा तत्कालीन चैनपुर गाविसमा पाँच हजार दुई सय बाख्रा भएकामा हाल पाठाबाख्राको सङ्ख्यासमेत थप गर्दा १४ हजार बाख्रा भएको तथ्याङ्क छ । चैनपुर गाविसलाई अहिले बाख्रा स्रोत केन्द्रका रुपमा विकास गरिएको चैनपुर सामाजिक उद्यमी महिला सहकारी संस्थाका व्यवस्थापक निरमाया राना मास्कीले बताइन् । एक हजार दुई सय १७ सेयर सदस्य रहेको सहकारीले चैनपुर गाविसलाई बाख्रा स्रोत केन्द्रको विकास गरी सबै घरधुरी समेटेर महिलाको आम्दानी बढाउन लागिपरेको मास्कीको भनाइ छ ।

हेफर इन्टरनेसनलले फोकस नेपालमार्फत साना किसान सबलीकरण परियोजना सञ्चालन गरेपछि सालबासमा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । सबै घरमा बाख्राको खोर बनाउने र हरेक घरमा घाँस उत्पादन गरी बाख्राबाट नै चैनपुरको विकासमा लागिपर्ने सहकारीको प्रतिबद्धता छ । हाल चैनपुरका सात सय घरमा आधुनिक घर निर्माण गरी बाख्रापालन सुरु गरिएको छ ।

रासस

प्रकाशित मितिः २०७३ चैत ५

वि.सं.२०७३ चैत ५ शनिवार १७:१७ मा प्रकाशित

You can share this post!

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...