back
NMB ad

सेयर खरिद बिक्रीमा आयो नयाँ नियम, कर्मचारीलाई सेयर किनबेचमा प्रतिबन्ध

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले कर्मचारी आचार संहिता लागू गर्दै आफ्ना कर्मचारीलाई सेयर कारोबारमा प्रतिबन्ध लगाएको छ । साथै बोर्डले आचार संहिता लागू हुनुभन्दा अघि सेयर खरिद गरेको भए सोको विवरण ३० दिनभित्र बोर्डमा बुझाउन पनि निर्देशन दिएको छ ।

बोर्ड सञ्चालक समितिको शुक्रबार बसेको बैठकले अध्यक्षसहित बोर्डका कर्मचारीहरुलाई “नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुको आचारसंहिता, २०७३” लागू गरेको हो । शुक्रबारबाट लागू भएको आचार संहिताले सेयर किनबेच बारे यस्तो व्यवस्था लागू गरेको हो ।

अबदेखि, कर्मचारीले आफ्नो सेवा अवधिभर आफ्नो वा आफ्नो एकाघरको परिवारकोे नाममा बोर्डबाट अनुमतिपत्र प्राप्त गरेका संस्थाको संस्थापक सेयरमा लगानी गर्न पाउने छैनन् । तर बोर्डका कर्मचारीलाई सेवा अवधि भित्र फेस भ्याल्लुमा निष्काशन हुने साधारण सेयरमा लगानी गर्न भने आचार संहिताले छुट दिएको छ ।

प्रिमियम मूल्य तोकी निष्काशन भएको सेयर सार्वजनिक निष्काशनबाट खरिद गर्न नहुने र यो आचार संहिता लागू हुनुभन्दा अघि बोर्डका कर्मचारीले आफ्नो वा श्रीमान श्रीमती र अठार वर्ष नपुगेका छोरा छोरीको नाममा सेयर खरिद गरेको भए सोको विवरण ३० दिनभित्र बोर्डमा बुझाउनु पर्नेछ ।

कर्मचारीले आफ्नो सेवा र पद अनुकूलको आचरण पालन गरी अनुशासनमा रही आफ्नो कर्तव्य, परिश्रम, इमान्दारी र तत्परताका साथ कार्य गर्नु पर्नेछ । कर्मचारीले बोर्डको कामसँग सम्बन्धित कुनै व्यक्तिसँग ऋण वा सापटी लिन वा निजको आर्थिक कृतज्ञतामा पर्ने कार्य गर्न नहुने र बोर्डबाट इजाजत प्राप्त संस्थाले औपचारिक सामुहिक कार्यक्रमको सिलसिलामा आयोजित बाहेक अन्य भोज भतेरमा सहभागी हुन पाइने छैन ।

कर्मचारीले आचार संहिता प्रारम्भ हुनु अघि अन्य देशको स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमतिका लागि आवेदन दिएको भए आचारसंहिता प्रारम्भ भएको मितिले तीस दिन भित्र सोको स्वंय घोषणा गरी विबरण बोर्डमा पेश गर्नु पर्ने र अन्य देशको स्थायी आवासीय अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त गर्नको लागि आवेदन दिन पाइने छैन ।

साथै कर्मचारीले आचारसंहिताहरुमा लेखिएको कुनै कुरा उल्लङ्घन गरेमा नेपाल धितोपत्र बोर्ड कर्मचारी सेव शर्त नियमावली, २०६८ को परिच्छेद–१३ बमोजिम सजायको भागी हुने जस्ता व्यवस्थाहरु गरिएको छ ।

७ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत ७ सोमवार १२:१५ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...