back
NMB ad

सेयरमा लगानी गर्ने ? बैशाख १५ पछि तपाईको शहर बजारमा आउँदैछन् ब्रोकर कम्पनी

Kumari bank ad
काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले ४१ ब्रोकर कम्पनीलाई बैशाख १५ भित्र राजधानी बाहिर शाखा खोलि सक्न निर्देशन दिएको छ। ब्रोकर कम्पनीले शाखा विस्तारको स्वैच्छिक आवेदन दिएको स्मरण गर्दै तत्काल कार्यान्वयन गर्न नेप्सेले आदेश दिएको हो ।हिजो एक विज्ञप्ति जारी गर्दै नेप्सेले यस्तो आदेश दिएको हो । गत ११ फागुनमा कम्पनीको आवेदन स्वीकृत गरेको र त्यस क्रममा भएका प्रगतिको रिपोर्ट बुझाउन २४ गते पुनः पत्राचार गरेको नेप्सेले जनाएको छ । तर, अहिलेसम्म केही कम्पनीको प्रगति विवरण प्राप्त नभएको भन्दै १५ बैशाखसम्ममा शाखा खोलिसक्न नेप्सेल निर्देशन दिएको छ। उक्त अवधिमा कुनै ब्रोकर कम्पनीले शाखा विस्तार नगरे इच्छुक अरुलाई मौका दिने चेतावनी समेत नेप्सेले विज्ञप्ति मार्फत जनाएको छ।

उता धितोपत्र बोर्डले आइतबार मात्रै कानुनी जटिलता सुल्झाउनु पर्ने भन्दै विस्तार योजना रोक्न ब्रोकहरुलाई निर्देशन दिएको थियो । बोर्डले भने केहि कानुनी जटिलता आएकाले योजना स्थगति गर्न निर्देशन दिइएको बताएको थियो ।

वोर्ड स्रोतका अनुसार शाखा विस्तार गर्ने सम्बन्धमा अहिले भएको प्राबधान अनुसार ब्रोकरको पूँजी, पुर्बाधार, जनशक्तिका विषयमा धितोपत्र दलाल तथा ब्यापारी नियमावलीमा पुरानै व्यवस्था रहेकोले त्यसलाई परिमार्जन गरेर शाखा विस्तार गर्ने उद्देश्यले तत्काल स्थगित गर्न भनिएको हो।

शाखा विस्तार तत्कालका लागि रोक्न बोर्डले आइतबार दिएको निर्देशन बारे भने नेप्सेको विज्ञप्ति मौन छ।

वि.सं.२०७३ चैत ८ मंगलवार १२:४४ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...