back
NMB ad

विमानस्थलको काम सुरु हुन दुई साता लाग्ने

Kumari bank ad

बुटवल। ठेकेदारको विवादका कारण चार दिनदेखि ठप्प रहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको काम सुरु हुन दुई साता लाग्ने भएको छ । विमानस्थलको निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र नेपाली सप्लायर्स नर्थ वेस्ट इन्फ्रा नेपालबीच आपसी लेनदेनको विषयमा विवाद भएपछि निर्माणको काम चार दिनदेखि ठप्प भएको हो ।

चाइनिज कम्पनी र नेपाली कम्पनीबिच हालसम्मको कामको सम्पूर्ण मूल्याङ्कन गरेर लेनदेनको काम फछ्र्यौट गर्ने अवस्थामा सहमति भएको छ । दुबै कम्पनीबीच कामको मूल्याङ्कन र लेनदेख फछ्र्यौट गर्न करिब एक साता लाग्ने र चिनियाँ कम्पनीले नयाँ ढङ्गले व्यवस्थापन गर्न थप एक साता लाग्ने भएको विमानस्थल निर्माण आयोजनाका प्रमुख ओम शर्माले जानकारी दिए ।

विगत ६ महिनादेखि काम गरेको रकम चिनियाँ कम्पनीले निकासा नदिएपछि नेपाली सप्लायर्सले काम बन्द गरेर आन्दोलनमा उत्रिएको नर्थ वेस्ट इन्फ्रा नेपालका लेखापाल प्रकाश कँडेलले बताए । चिनियाँ कम्पनीले भने तत्काल रकम निकासा दिन नसकिने जनाएको छ । विवाद चुलिएपछि नेपाली सप्लायर्सले प्रवेश गेटमै अवरोध गरी काम ठप्प पारेको छ ।

विवाद मिलाउन तीन दिनसम्म विभिन्न बैठक बसे पनि दुबै पक्ष सँगै काम गर्न सहमत नभएपछि अलग भएर मुख्य ठेकेदार कम्पनीले नयाँ व्यवस्थापन गरेर काम गर्ने सहमति भएको आयोजना प्रमुख शर्माले बताए । सन् २०१७ को डिसेम्बरमा सम्पन्न गर्ने गरी सुरु गरिएको विमानस्थल निर्माण कार्य गत वर्षको भूकम्प र मधेस आन्दोलनको अवरोधका कारण सन् २०१८ को जुन सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । अहिलेसम्म २७ प्रतिशत मात्र काम भएको आयोजनाले जनाएको छ ।

विमानस्थलमा अहिले तीन हजार मिटरको धावनमार्गमा ग्राभेलिङ, स्थानीय तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण, प्रशासकिय भवन, कन्ट्रोल टावर, उद्धार तथा अग्नि नियन्त्रण भवनलगायत काम भइरहेको छ । घाँघरा खोलाको डाइभर्सनको काम सम्पन्न भइसकेको छ । रु ६ अर्ब २२ करोडमा ठेक्का लिएको उक्त कम्पनीले पेश्की रु ७८ करोड र त्यसपछि करिब रु ५३ करोड भुक्तानी लिइसकेको छ । तर, उसले साझेदारी बनाएको नेपाली कम्पनीले हालसम्म रु १७ करोड भुक्तानी पाएकाले थप भुक्तनी माग गर्दा विवाद बढेको हो ।

बैठकले यस वर्षको मार्चसम्ममा ३०, अप्रिलसम्म ३३, मेसम्म ३८ र जुनसम्म ४४ प्रतिशत निर्माणकार्य सम्पन्न गर्न लक्ष्य लिएको छ । यसरी आयोजनाको म्याद थपेर भए पनि सन् २०१८ जुनसम्ममा कुनै पनि हालतमा निर्माण सक्नुपर्ने सीमा तोकिएको छ ।

लक्ष्यअनुरूपको निर्माण कार्य गर्न नसकेमा कारबाही गर्ने सम्झौतामा उल्लेख छ । आयोजना प्रमुख शर्माले अहिलेको काम रोकिँदा ठेकेदार कम्पनीले अगामी दिनमा राम्रो व्यवस्थापन गर्न सकेमा समयमा काम सम्पन्न गर्न कुनै समस्या नरहेको बताए । उनले निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न पटक–पटक पत्राचार गरिसकिएको र समयमा काम नसकेमा कम्पनीसँग क्षतिपूर्ति मागदाबी गर्ने प्रशस्त आधार रहेको बताए । रासस
प्रकाशित मितिः २०७३ चैत ८

वि.सं.२०७३ चैत ८ मंगलवार १७:०२ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...