back
NMB ad

बैंकको १०० रुपैंया अंकित दुई करोड ३५ लाख कित्ता सेयर आउँदै

Kumari bank ad

काठमाडौ । प्रभु बैंक लिमिटेडले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । हकप्रद निष्काशनका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । सेयर निष्काशन गर्नेसम्बन्धी सम्झौतापत्रमा प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनसिएम मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

१५औँ साधारणसभाले पारित गरेबमोजिम प्रभुले एक सय रुपैयाँ अंकित मूल्यमा दुई अर्ब ३५ करोड २५ लाख ६० हजार आठ सय रुपैयाँ बराबरको दुई करोड ३५ लाख २५ हजार छ सय आठ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल प्रभु बैंकको चुक्तापुँजी पाँच अर्ब ८८ करोड १४ लाख दुई हजार रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी आठ अर्ब २३ करोड ३९ लाख ६२ हजार आठ सय रुपैयाँ पुग्ने बताइएको छ ।

प्रकाशित मितिः २०७३ चैत ११

वि.सं.२०७३ चैत ११ शुक्रवार १८:०० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...