back
NMB ad

सरकारी मूल्यांकन, प्रति कठ्ठा जग्गाको न्युनतम दुई लाख ४१ हजार ५०० मात्र

Kumari bank ad

काठमाण्डौं । दोस्रो अन्तराष्ट्रिय बिमानस्थलको मुआब्जा निर्धारण समितिले अधिग्रहण हुने जग्गाको मुआब्जा निर्धारण गरेको छ। चैत्र १४ गते मुआब्जा निर्धारण समितिको बैठकले प्रति कठ्ठा न्युनतम दुई लाख ४१ हजार ५०० देखि अधिकतम चार लाख ६० हजार रुपैयाँसम्म मुआब्जा निर्धारण गरेको हो।

अधिग्रहणमा परेको सडकले नछोएको जग्गा प्रति कठ्ठा दुई लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। सहायक सडकले छोएको जग्गा तीन लाख ३९ हजार २५० रुपैयाँ प्रति कठ्ठा निर्धारण गरिएको छ।

त्यस्तै मुल सडकले छोएको जग्गा चार लाख ६० हजार रुपैयाँ प्रति कठ्ठा निर्धारण गरिएको छ। कल्हवी नगरपालिका वडा नम्बर ७ ककडी र करैया गाविस वडा नम्बर ८ काँटगाउँ क्षेत्रका जमिन अधिग्रहण हुँदैछन्।

मुआब्जा रकम दावी गर्नको लागि सक्कल नागरिकताको प्रमाणपत्र, सक्कल जग्गाधनी प्रमाणपूर्जा, चालु आर्थिक वर्षमा तिरो तिरेको रसिद लगायत जग्गाको हकभोग सम्बन्धि सबुद आफुसंग भएको प्रमाण पेश गर्नुपर्ने बताइएको छ । चैत १४ गतेदेखि खुलेको निवेदन दिने म्याद ३५ दिनसम्म कायम रहने र तोकिएको समयभित्र  रितपूर्वकको निवेदन सहित दोस्रो अन्तराष्ट्रिय बिमानस्थल आयोजनाको कार्यालय रहेको सिमरा बिमानस्थल परिसर बारामा सम्पर्क गर्नुपर्ने बताइएको छ।

३५ दिन भित्र पनि निवेदन नपरेमा कानुन अनुसार आयोजना अघि बढ्ने जनाइको छ। दोस्रो अन्तराष्ट्रिय बिमानस्थल आयोजनामा परि विस्थापित हुने र अन्यत्र घर जग्गा नहुनेहरुले सोको प्रमाण पनि पेस गरेमा एक कठ्ठा भन्दा कम जग्गा हुनेहरुले तोकेको मुआब्जा भन्दा ५० प्रतिशत थप रकम पाउने छन्।  एक देखि पाँच कठ्ठा मात्र क्षेत्रफल हुने हरुले थप २५ प्रतिशत रकम मुआब्जा पाउने निर्णय पनि समितिले गरेको छ।

१५ चैत २०७३, बिजमाण्डु, ११।५०

वि.सं.२०७३ चैत १५ मंगलवार १२:२९ मा प्रकाशित

You can share this post!

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:०३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:३३

काठमाडौँ, १८ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु...

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:२७

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...