back
NMB ad

विश्वकपमा छनौट हुने पहिलो देश बन्यो ब्राजिल

Kumari bank ad

काठमाडौ । पाँच पटकको विश्व च्याम्पियन ब्राजिल रसिया विश्वकपमा स्थान बनाउने पहिलो देश बनेको छ । विश्वकप छनौटमा ब्राजिलले पाराग्वेमाथि ३–० ले हराएको छ । साथै अर्जेन्टिना र उरुग्वे दुबैले हार व्यहारेको छ । यससँगै अब चार खेल खेल्न बाँकी रहेको ब्राजिल दक्षिण अमेरिकी समूहको शीर्ष चारमा पर्ने पक्का भएको छ ।

घरेलु मैदानमा भएको खेलमा ब्राजिलका नेयमारले पेनाल्टी मिस गरेका थिए । तर, उनीसँगै काउटिन्हो र मार्सेलोले गोल गरेपछि पाराग्वेमाथि ३–० गोल अन्तरको जित हात पार्न सफल भएको छ ।

जितसँगै ब्राजिलको १४ खेलबाट ३३ अंक छ । र, दोस्रो स्थानमा रहेको कोलम्बियाभन्दा ९ अंकले अगाडि छ ।

एक वर्ष अघिसम्म ब्राजिल विश्वकप छनोटका लागि सघर्ष गरिरहेको थियो । दक्षिण अमेरिकी फुटबल विज्ञ टिम विक्की भन्छन्, सुरुवाती तीन खेल खेल्दा ब्राजिल छैटौं स्थानमा थियो र, विश्वकप गुमाउने खतरा थियो ।’

तर, डुंगालाई बर्खास्त गरेर टिटेलाई प्रशिक्षणको बागडोर दिएपछि ब्राजिलियन टोलीको खेल फेरिएको छ । ब्राजिलले लगातार ८ खेल जितेको छ, २४ गोल गरेको छ र, मात्र दुई गोल खाएको छ ।

फुटबल विज्ञ विक्की भन्छन् कि नेयमार र काउटिन्होले स्टाइलिस ब्राण्डले जस्तै खेल्न थालेका छन्, जुन विगतमा ब्राजिलको फुटबलमा हुन्थ्यो । यसले प्रशिद्ध पहिलो टिसर्टको प्रेममा धेरै परिसकेका छन् ।

प्रकाशित मितिः २०७३ चैत १६

वि.सं.२०७३ चैत १६ बुधवार १४:२६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...