back
NMB ad

जुत्ता पालिस गरेरै दिनको एक लाख कमाई !

Kumari bank ad

एजेन्सी – पत्याउनुहुन्छ ? एक जना व्यक्तिले अरुका जुत्ता पालिस गरिदिएर दिनमा १ लाख रुपैयाँ कमाउँछन् । जुत्ता पालिस गरेर दिनकै एक लाख कमाउने भाग्यमानी व्यक्ति नेपालका चाहीँ होइनन् ।

अमेरिकाको म्यानहटन सहरका डन वार्ड नामक व्यक्तिले जुत्ता पालिस गरेरै दिनमा ९ सय डलर अर्थात् झण्डै एक लाख रुपैयाँ कमाइ गर्ने दाबी गरेका हुनु् ।

उनको कमाउने काइदा पनि गज्जबको छ । उनले आफ्नो खुल्ला पसलको अगाडिबाट हिड्ने मानिसहरुको जुत्ता यदि फोहोर देखेपछि जुुत्तातर्फ इशारा गर्दै त्यसको जनाउ दिन्छन् । त्यसबाट जुत्ताधारी लज्जित बन्दछ र बाध्य भएर जुत्ता सफा गरी पालिस लगाउन उनै वार्डकोमा छिर्दछ ।

वार्ड भन्छन् ः माछा पक्रिनका लागि तपाइँ के गर्नुहुन्छ ? चारा हाल्नुहुन्छ होइन ? मैले पनि त्यहीँ गरिरहेको छु । म यहाँबाट हिड्ने मानिसहरुलाई चुुटकिला सुनाउँछुु, उनीहरुसँगै हाँस्छु र सफा जुत्ता लगाउनका लागि प्रेरित गर्दछु र त्यसले उनीहरुलाई मतर्फ आकर्षित गर्दछ ।

वार्ड पहिले एक फोटो ल्याबमा काम गर्दथे । जहाँ उनले खासै रकम कमाउन सकेनन् । आफ्नो साथीलाई हेरेर उनले पेशा बदले र जुत्ता पालिस गर्न थाले । अहिले उनी आफ्नो काम र कमाइ दुुबैबाट निकै खुसी छन् ।

प्रकाशित मितिः २०७३ चैत १९

वि.सं.२०७३ चैत १९ शनिवार १६:५१ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...