back
NMB ad

एफएन्सीसीआईमा शेखर गोल्छा पक्षको उम्मेदवारी दर्ता

Kumari bank ad

काठमाडौ। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेसनमा वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा र उनको प्यानलले उम्मेदवारी दर्ता गराएको छ। वरिष्ठ उपाध्यक्षका उम्मेदवार गोल्छाको प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा चन्द्र ढकाल र जिल्ला नगर उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ र कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधानले उम्मेदवारी दर्ता गराएका छन्।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्को पटक स्वत अध्यक्ष हुने व्यवस्था गरिएको छ । त्यसकारण वरिष्ठ उपाध्यक्षमा रहेकी भवानी राणा अधिवेसनपछि स्वत अध्यक्ष हुने छिन्।

स्वतन्त्रबाट एसोसिएट उपाध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएका सौरभ ज्योतिले उम्मेदवारी फिर्ता लिएका छन् । उनले ढकाललाई समर्थन गर्दै गोल्छाको प्यानलबाट सदस्यमा उम्मेदवारी दिएका छन्। ज्योतिले महासंघलाई एकताबद्ध गर्दै लैजानका लागि उपाध्यक्षबाट उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

यता बरिष्ठ उपाध्यक्षको दौडमा रहेका किशोर प्रधान र उनको समूहले आइतबार साँझ उम्मेदवारी घोषणा गरी भोलि महासंघमा दर्ता गर्ने बताईएको छ ।

यसैगरी वस्तुगततर्फ उमेशलाल श्रेष्ठको समूहबाट केन्द्रीय सदस्यमा १४ जना व्यवसायीले मनोनयन दर्ता गरेका छन् । जसअनुसार जयप्रकाश सिवाकोटी, कमला श्रेष्ठ, विनोद ढकाल, सन्दीपकुमार अग्रवाल, अन्जन श्रेष्ठ, खेमराज पन्त, हेमराज ढकाल, प्रकाशसिंह कार्की, आकाश अधिकारी, रविन श्रेष्ठ, सुरेन्द्रकुमार श्रेष्ठ, सुनीलगोपाल श्रेष्ठ, हेमरत्न शाक्य र लोकनाथ गैरे रहेका छन् ।

प्रकाशित मितिः २०७३ चैत २०

वि.सं.२०७३ चैत २० आइतवार १३:०५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...