back
NMB ad

बोक्सी धपाउन भन्दै आगो खेलाउँदा झाँक्री आफैं जले

Kumari bank ad

सोलुखुम्बु । बिरामीको उपचारमा झाँक्रीले बोक्सी धपाउने भन्दै आगो खेलाउँदा अनुहारमा आगो लागेर गम्भीर घाइते भएका छन् । सोताङ गाउँपालिका घर भएका झाँक्री कर्णबहादुर नेपालीले गएराति महाकुलुङ गाउँपालिका–४ गुदेलमा एक बिरामीको उपचार गराउने क्रममा मुखमा पेट्रोल राखी आगो नचाउँदै गर्दा अकस्मात अनुहारमा परेको आगोले जलेर उनी बेहोस भई ढलेका थिए ।

अनुहार जलेका नेपालीको गुदेल स्वास्थ्य चौकीमा उपचार भइरहेको गुदेल स्वास्थ्य चौकीका प्रमुख रामु केसीले जानकारी दिए । अनुहार पूरै जलेका नेपालीको स्वास्थ्यमा सुधार भइरहेको पनि प्रमुख केसीले बताए ।

ग्रामीण भेगमा बिरामी पर्दा अझै पनि स्थानीयले धामीझाँक्री कहाँ उपचार गराउन जाने गरेको अवस्था छ । झाँक्रीकै भर पर्दा कतिपय बिरामीको ज्यानैसमेत जाने गरेका छन् भने झाँक्री पनि समस्यामा पर्ने गरेका छन् ।

केही वर्षअघि पनि जिल्लाको जुवु गाविसमा एक बिरामीलाई उपचार गर्ने क्रममा धामीलाई बिरामीले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

प्रकाशित मितिः २०७३ चैत २२

वि.सं.२०७३ चैत २२ मंगलवार १४:४२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...