back
NMB ad

कृषि व्यवसाय गर्नेले सात करोडसम्म ऋण पाउने, हेर्नुहोस् के के छ व्यवस्था

Kumari bank ad

काठमाण्डौं । देशमै व्यवसायिक कृषि गर्न चाहनु हुन्छ तर पैसा छैन? सरकारले युवालाई कृषिमा आकर्षित गर्दै विदेश पलायनलाई रोक्न पाँच प्रतिशत ब्याजमै कृषि ऋण दिने भएको छ।

व्यवसियक रुपमा तरकारी तथा फलफुल, पशुपन्छि पालन, जडिबुटी, दुग्ध ब्यवासय, माछा पालन, च्याउ खेती, कृषि भण्डारण तथा वधशाला र मासुजन्य व्यवसाय गर्न चाहनेलाई सरकारले सस्तो ब्याजमा ऋण उपलब्ध गराउन थालेको हो।

सस्तो ब्याजको ऋण गाउँपालिका र नगरपालिकाका साथै महानगरभित्रका गाउँमा ब्यवसाय गर्नेले पाउने छन्। यो ऋण बैंक तथा वित्तीय संस्थाहरुमार्फत लगानी गरिन्छ। जसमा ब्याज वाहेक अरु कुनै पनि शुल्क लाग्दैन।

व्यवासयिक कृषि गर्नेहरुले यो ऋण वढिमा सात करोड रुपैयाँसम्म पाउँछन्। यस्तो ऋणको किस्ता बढिमा तीन तीन महिनाभित्र तिर्नु पर्छ। यस्तो कर्जा प्रत्येक बैंकहरुले वढिमा ती अर्ब रुपैयाँसम्म लगानी  गर्न पाउँछन्।

ऋण लिएपछि सबै भुक्तानी पाँच बर्षभित्र गरिसक्नु पर्छ। तर विशेष प्रकृतिको परियोजना भए समय सात बर्ष दिइएको छ।

बैंक तथा वित्तीय संस्थाले कृषि तथा पशुपन्छी ऋण दिँदा कृषि तथा पशुपन्छी उत्पादनमा प्रयोग गरिने जमिन धितो लिएर ऋण दिने छन्। कृषि वालीको धितोमा पनि ऋण पाइन्छ। १० लाखसम्मको ऋण भने सामूहिक जमानीमा पनि पाइने छ।

धितोले खाम्ने गरि मात्र बैंकहरुले सस्तो ब्याजको ऋण दिन्छन्। सरकारले व्यवसायिक कृषि कर्जामा ब्याज अनुदान दिनका लागि ५० करोड रुपैयाँ छुट्याएको छ। सरकारले यो पैसा राष्ट्र बैंकमा ‘कृषि कर्जा ब्याज अनुदान शोधभर्ना’ नामक खाता खोलेर राखेको छ। अनुदान दिन पैसा नपुगेमा सरकारले पैसा थप्दै लैजान्छ।

सस्तो ब्याजको ऋण लिन जुनसुकै बैंक तथा वित्तीय संस्थामा यसरी दिनुस् निवेदन

के के गर्न ऋण पाइन्छ?
तरकारी उत्पादन, प्रशोधन तथा भण्डारण, बिक्री वितरण
बिउ विजन उत्पादन, प्रशोधन तथा भण्डारण, बिक्री वितरण
पुष्प व्यवसाय
पशुपन्छी पालन
अष्ट्रिच, टर्की र हाँस पालन, यसको मासु तथा अण्डाको भण्डारण तथा प्रशोधन तथा बिक्री वितरण
फलफुल उत्पादन, उत्पादित फलफुलको प्रशोधन तथा भण्डारण, विक्री वितरण
दुग्ध उत्पादन, प्रशोधन तथा बिक्री वितरण
पशुवधशाला तथा मासुजन्य उत्पादन व्यवसाय, यसको भण्डारण तथा प्रशोधन, बिक्री वितरण
जडिबुटी उत्पादन, प्रशोधन र भण्डारण तथा बिक्री वितरण
उखु, कफि, चिया, अलैँची, अदुवा, वेसार, जैतुन, सूर्यमूखि, अल्लो, लोक्ता खेती तथा यसको भण्डारण तथा प्रशोधन र विक्री वितरण
मौरी पालन व्यवसाय
जौँ, फापर, सिलाम, उत्पादन, प्रशोधन तथा बिक्री वितरण

२३ चैत २०७३, बिजमाण्डु, ११।००

वि.सं.२०७३ चैत २३ बुधवार १२:४६ मा प्रकाशित

You can share this post!

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१२

सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष...