back
NMB ad

जानिराख्नोस्, २ हजार मेगावाट बिजुली उत्पादन गर्न बिद्युत् प्राधिकरणले थालेको कार्य

Kumari bank ad

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले २ हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्न आयोजनापिच्छे कम्पनी गठन गरेको छ । ऊर्जा संकट निवारण तथा विद्युत विकास दशकमा घोषणा गरिएजस्तै नदी प्रवाही (आरओआर) र जलाशय आयोजना निर्माण गर्न कम्पनी खोलिएको हो ।

इन्जिनियरिङ परामर्श र विद्युत व्यापारसहित जलविद्युत आयोजना निर्माण गर्न १० कम्पनी दर्ता भएको प्राधिकरण कार्यकारी निर्देशकको सचिवालयले जानकारी दिएको छ । प्राधिकरणका अनुसार माथिल्लो अरुण हाइड्रो इलेक्ट्रिक, रहुगंगा हाइड्रो इलेक्ट्रिक, तामाकोसी पाँचौं जलविद्युत कम्पनी, उत्तरगंगा जलविद्युतलगायत कम्पनी गठन भएका छन् ।

उक्त कम्पनीले क्रमशः ३ सय ३५ मेगावाटको माथिल्लो अरुण, ४० मेगावाटको राहुघाट, ८७ मेगावाटको तामाकोसी पाँचौं, ३ सय मेगावाटको उत्तरगंगा जलाशय आयोजना निर्माण गर्नेछन् । यस्तै, दूधकोसी जलविद्युत कम्पनी, आँधीखोला जलविद्युत कम्पनी, तमोर जलविद्युत कम्पनी र मोदी खोलामा निर्माण हुने २ आयोजना निर्माण गर्न मोदी जलविद्युत कम्पनी खडा गरिएको छ ।

ती कम्पनीले ३ सय मेगावाटको दूधकोसी, १ सय ८० मेगावाटको आँधीखोला, ६ सय ६५ मेगावाटको तमोर निर्माण गर्ने प्राधिकरणले जनाएको छ । कम्पनी दर्ता भएकाले अब त्यहाँ कार्यकारी प्रमुखसहित पदाधिकार नियुक्त गर्ने प्रक्रिया सुरु गरिएको कार्यकारी निर्देशकको सचिवालयले जनाएको छ । तमोरको क्षमता बढी भए पनि प्राधिकरणलाई २ सय मेगावाटको मात्र अनुमति दिइएको छ ।

प्रकाशित मितिः २०७३ चैत २३

वि.सं.२०७३ चैत २३ बुधवार १४:०४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...