back
NMB ad

के तपाईलाई पनि +21 वा यस्तै नचिनेको नम्बरबाट मिस कल आएको छ ? थाहा पाइराख्नुस्

Kumari bank ad
काठमाडौँ ।के तपाईँको नम्बरमा पनि +21 वा यस्तै नचिनेको नम्बरबाट मिस कल आएको छ ? केही दिनदेखि धेरै जनाले सामाजिक सञ्जालमा यस्तो नम्बरबाट फोन आएको र अन्यौल भएको उल्लेख गरेका छन्।
रातो नम्बरको आतंकबाट मुक्त भएको केही महिनापछि नै फेरि यो नयाँ फन्डा सुरु भएको छ।
खासमा यो के हो त ?  यो वाङ्गिरी स्क्यामको रुप भएको देखिएको छ। के हो त वाङ्गिरी स्क्याम? वाङ्गिरी जापानी भाषाको शब्द हो जसको अर्थ एक (रिङ) अनि काट्ने हुन आउँछ। यस्तो स्क्याम गर्नेहरुले अटोडायलरहरुबाट नचिनेका नम्बरहरुमा एक रिङमात्र जाने गरी कल गर्ने गर्छन्। उनीहरुको उद्देश्य मिस कल देखियोस् र त्यस्तो कल गएकाहरुबाट कलब्याक आओस् भन्ने हुन्छ।
नेपालमा केही दिनदेखि आएका भनिएका नम्बरहरुको प्रकृति पनि यस्तै छ। कसैले पनि फोन रिसिभ गरेका छैनन्। सबैले मिस कल आएको मात्र देखेका छन्। जब कसैले कलब्याक गर्छ, ऊ फँस्छ। किनभने यस्ता नम्बरहरु प्रिमियम नम्बरहरु हुन्छन्, अर्थात् कल गर्ने बित्तिकै धेरै रकम पर्ने। तपाईँको पोस्टपेड नम्बर हो भने त सामान्यतया विदेशको नम्बरमा फोन जाँदैन। तर प्रिपेड नम्बर हो भने र ब्यालेन्स छ भने त कल गर्ने बित्तिकै तपाईँको ब्यालेन्स काटिन्छ।
फोन उठाइहाल्नु भयो भने चाहिँ ब्यालेन्स काटिँदैन। किनभने नेपालका सबै मोबाइल अपरेटरहरुले कल रिसिभिङमा चार्ज लगाएका छैनन्। तर त्यसरी नचिनेको नम्बरबाट आएको फोन उठाउनु पनि ठीक हैन। त्यो फोन ‘लटरी पर्‍यो’ वा त्यस्तै केही बहाना बनाउँदै तपाईँको रकम धुत्न खोज्नेहरुले गरेको पनि हुनसक्छ।
गएको हप्तादेखि नै यस्ता नचिनेका नम्बरबाट अउने कल स्पाम, ब्लफ कल हुनसक्नेभन्दै नचिनेका नम्बरमा कलब्याक नर्ग एनसेलले गएको मंगलबार नै सुचना जारी गरेको थियो।
‘ +248, +92लगायतका विभिन्न अन्तर्राष्ट्रिय नम्बरहरुबाट मिस्डकल गरी ग्राहकहरुलाई कल ब्याक गर्न उत्प्रेरीत गर्ने खालको गतिविधि भएको पाईएको र यस्ता फ्रड मिस्डकलमा कल ब्याक गर्दा उच्च शुल्क लाग्ने भएकोले यस्ता अन्तर्राष्ट्रिय नम्बरबाट मिस्डकल आएमा परिचित नम्बर हो कि होइन यकिन गरी मात्र कल ब्याक गर्नेरनगर्ने निर्णय लिनु हुन अनुरोध छ’ एनसेलको सुचनामा भनिएको छ।
विदेशमा पनि यस्तै स्क्याम
नेपालमा यस्तो स्क्याम कलहरु आइरहेकै बेला न्युजिल्यान्डमा पनि यस्तै भइरहेको छ। न्युजहबले यसै साता यो बारे समाचार बनाएको छ। त्यहाँ 0088 वा 0023 बाट कलहरु आएको र त्यो अफ्रिकाको चाड देशबाट आएको हुनसक्ने समाचारमा उल्लेख छ। यो वाङ्गिरी स्क्याम हुनसक्ने भन्दै पाठकलाई सचेत गराइएको छ।
बेलायतको डेली मेलले पनि सन् २०१४ को फेब्रुअरीमा वाङ्गिरी स्क्यामबारे समाचार बनाएको छ। समाचारमा कम्प्युटरबाट गरिने यस्ता अटो कलले नम्बर डायल गर्ने मिस कल देखाउने गर्छन्। शिकारमा परेको व्यक्तिले कलब्याक गर्दा अन्तर्राष्ट्रिय एडल्ट इन्टरटेनमेन्ट सर्भिस, च्याट लाइन वा प्रिमियम सर्भिसका नम्बर पर्ने गर्छ जसमा फोन गर्ने बित्तिकै १९.९५ अमेरिकी डलर इन्टरनेसनल कल फि र प्रति मिनेट ९ डलर चार्ज लाग्ने गर्छ।
छिमेकी देश भारतमा पनि धेरै वर्षअघिदेखि यस्तो स्क्याम हुने गरेको त्यहाँ प्रकाशित समाचारहरुले देखाउँछ। डेक्कन क्रोनिकलले गत वर्ष फेब्रुअरी ११ तारिखमा प्रकाशित गरेको समाचारमा वाङ्गिरी स्क्यामबारे सचेत गराउँदै केही टिप्स दिइएको छ-
नम्बर चिनेको छैन भने कल ब्याक नगर्नुस्।
विदेशबाट कल आउँछ भन्ने लागेको हो भने नम्बर गुगल गर्नुस् र कुन देशबाट आएको हो पत्ता लगाएर मात्र आगामी कदम चाल्नुस्।
मोबाइलमा ट्रुकलर वा स्पाम नम्बर आइडेन्टिफिकेसन एप राख्नुस्।
अपरिचित नम्बरबाट फोन आएपछि कति रकम काटियो चेक गर्नुस्। 
कल ब्लकिङलाई अन गरेर भविष्यमा त्यस्तो नम्बरबाट फोन नआउने बनाउनुस्। 
टाइम्स अफ इन्डियाले सन् २०१५ को फेब्रुअरी २२ मै ‘डन्ट रिटर्न ड्याट मिस कल’ शीर्षकमा समाचार प्रकाशित गरेको छ। त्यसमा पनि +216 बाट आएको फोन उठाउँदा एक व्यक्तिको ६० रुपैयाँ काटिएको उल्लेख छ। समाचार अनुसार कल ब्याक गरेपछि उताबाट कसैले बोलेको थिएन। पछि ब्यालेन्स चेक गर्दा रकम चट।
२५ चैत २०७३, बिजमाण्डुको सहयोगमा, ७।००

वि.सं.२०७३ चैत २५ शुक्रवार ०७:५६ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...