back
NMB ad

गृहमन्त्रीबाट निधि बाहिरिँदै, आउने भए गोपालमान श्रेष्ठ

Kumari bank ad

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दुई उपप्रधानमन्त्रीमध्ये कमल थापालाई वरिष्ठतम् भएको संकेत दिएपछि आक्रोसित विमलेन्द्र निधि मन्त्रिपरिषद्बाट बाहिरिने तयारीमा छन् । बिहीबार कांग्रेसबाट नियुक्त १४ मन्त्रीहरुलाई गृह मन्त्रालयमै बोलाएर अनौपचारिक छलफल गर्दै निधिले सरकारमा आफ्नो दोस्रो हैसियत सुनिश्चित नगरे मन्त्रिपरिषद्मा बस्न नहुने निजी फैसला सुनाएका थिए ।

करिब नौ महिनापहिले मन्त्रिपरिषद् गठन भएयता प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा दुईपटक मन्त्रिपरिषद्को अध्यक्षता गरेको भए पनि एक महिनाअघि मन्त्रिपरिषद्मा सामेल भएका राप्रपा नेता कमल थापा निधिभन्दा वरिष्ठ भएको आधारमा उनलाई दोस्रो हैसियतको वचन प्रधानमन्त्रीले दिएको बुझिएको छ ।

तर, निधिसँगको बैठकमा सामेल मन्त्रीहरु र पार्टी सभापति शेरबहादुर देउवाले समेत निधिको दावीलाई प्रतिष्ठाको विषय बनाउन तयार नभएपछि निधि एक्लिएका हुन् । उनको बदलामा कांग्रेसबाट गोपालमान श्रेष्ठलाई उपप्रधान तथा गृहमन्त्रीका रुपमा ल्याउने तयारी भएको बुझिएको छ ।

स्मरणीय छ, शेरबहादुर देउवाले नेपाली कांग्रेस फुटाएपछि देउवा निकट गोपालमान श्रेष्ठ तात्कालिन नेपाली कांग्रेस प्रजातान्त्रिकका उपसभापति थिए ।

२५ चैत २०७३, अन्नपूर्ण पोस्ट दैनिक, ७।००

वि.सं.२०७३ चैत २५ शुक्रवार ०८:३२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...