back
NMB ad

प्रभु बैंककै नाममा आजबाट प्रभु र ग्राण्डको एकिकृत कारोबार

Kumari bank ad

काठमाण्डौं । आज शुक्रबारबाट एकीकृत कारोबार सुरु गर्न लागेका प्रभु बैंक र ग्राण्ड बैंकले आफ्नो बैंकको नाम प्रभु बैंक राखेका छन् । बुधबार र बिहीबार बन्द रहेको यी दुई बैकहरुले यस अघि मंगलबार अर्द्धवार्षिक वित्तीय विवरण प्रकाशन गरेका थिए ।

जस अनुसार गत वर्ष घाटामा रहेको ग्राण्ड बैंकले १४ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको बताइएको थियो भने प्रभु बैंकको नाफा १४ करोडले नै घटेको बताइएको थियो ।

मर्जर र हकप्रद सेयरपछि बैंकको पुँजी ६०० करोड रुपैयाँ नजिक पुगेको छ । ग्रान्डसँग मर्जरपछि बैंकको चुक्ता पुँजी ५२० करोड पुग्ने छ । बैंकले ६४ करोडको हकप्रद सेयर जारी गर्ने प्रकृया सुरु गरिसकेको छ ।

शुक्रवार एकिकृत कारोवारसँगै बैंकमा नेपाल विकासको नौं करोड पुँजी थपिने छ । दुई बाणिज्य बैंकको मर्ज पछि निक्षेप ५४ अर्ब नाघ्छ भने कर्जा तथा लगानी ४० अर्ब भन्दा बढि हुन्छ । नेपाल विकासको सेयरसँगै दुई कर्मचारी त्यहाँबाट थपिएका छन् ।

अहिले प्रभुमा १०८४ कर्मचारी छन् । ग्रान्डबाट २२५ थपिने छन् । प्रभु जुनबेला फाइनान्स थियो त्यो बेला कर्मचारी २५० जना थिए । ४५ शाखाबाट मर्जर अभियानमा लागेको प्रभुसँग ग्रान्ड गाभिएपछि शाखा १३६ पुगेको छ ।

माघ २९, २०७२/ ९.००

वि.सं.२०७२ माघ २९ शुक्रवार ११:५२ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...