back
NMB ad

डिपिएल क्रिकेटः रुपन्देहीको दोस्रो जित

Kumari bank ad

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले लगातार दोस्रो जित दर्ता गरेको छ । लिग अन्तर्गत बुधबार भएको खेलमा रुपन्देहीले सिवाइसी अत्तरियालाई ४२ रनले हराएको हो ।

एक सय ३० रनको लक्ष्य पछ्याएको अत्तरियाले दुई बल बाँकी हुँदा सबै विकेट गुमाएर ८७ रन मात्रै बनायो । उसका लागि कप्तान ज्ञानेन्द्र मल्ले ३० तथा विनोद लामाले १८ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । रुपन्देहीका शाहब आलमले चार तथा बिक्रम सोबले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २९ रन बनायो । उसका लागि राजेश मगरले ३१, प्रकाश केसीले नटआउट २९ तथा पुष्प थापाले २१ रन बनाए ।

सिवाइसीका प्रदिप ऐरी र विनोद लामाले समान दुई दुई विकेट लिए । लगातार दुई खेल जितेको शक्ति गौचन कप्तान रहेको रुपन्देही चार अंकसहित शीर्ष स्थानमा छ । दुई अंकसहित सिवाइसी तेस्रो स्थानमा छ ।

प्रकाशित मितिः २०७३ चैत ३०

वि.सं.२०७३ चैत ३० बुधवार १४:०१ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...