back
NMB ad

भारतमा बिहेअघि नै बच्चा पाउनुपर्ने अनौठो चलन !

Kumari bank ad

एजेन्सी–सामान्यतः बिहे अगाडिको सम्बन्धबाट बच्चा जन्माउनुलाई हामीकहाँ राम्रो मानिँदैन । कुमारी आमाहरुलाई हेयको दृष्टिले हेरिन्छ र कतै कतै त सामाजिक बहिष्कार नै गरिन्छ । तर छिमेकी देश भारतको एउटा समुदायमा भने बिहे अगाडि नै अनिवार्य रुपमा बच्चा जन्माउनुपर्ने परम्परा छ ।

सुन्दैमा आश्चर्यजनक लाग्ने यो प्रथा भारतको राजस्थान तथा गुजराँतमा बस्ने गरासिया समुदायमा रहेको छ । यो समुदायका उमेर पुगेका केटाकेटीहरु भावी लोग्ने स्वास्नीको रुपमा लिभ इन रिलेसनसीपमा रहन्छन् । लिभइन रिलेसनमा रहँदा उनीहरुबीच लोग्नेस्वास्नीबीचमा हुनेजस्तै सबै क्रियाकर्म हुन्छन् । जब केटीचाहीँको गर्भ रहन्छ र बच्चा जन्मिन्छ अनिमात्र सँगै बस्दै आएका केटा र केटीबीच बिहे गराइन्छ ।

अझ अनौठो कुरा त के भने निश्चित समयसम्म लिभ इन रिलेसनमा बस्दा समेत केटा केटीले बच्चा पैदा गर्न सकेनन् भने उनीहरुको एक आपसमा बिहे हुन सक्दैन । दुबै जना छुट्टिन्छन् र सँगै बसेर बच्चा जन्माउनका लागि अर्को साथी खोज्नुपर्ने हुन्छ । जो सँगको समागममा बच्चा हुन्छ उहीँसँग बिहे गर्दछन् ।

यो परम्परा एक हजार वर्षदेखि चल्दै आ्एको छ । यसलाई दापा प्रथा भनिन्छ । यो समुदायमा एउटा मेला पनि लाग्दछ । उक्त मेलामा युवक युवतीहरुले उल्लासमय वातावरणमा भाग लिन्छन् । मेलामा आएका युवतीहरुमध्ये आफुलाई मन परेकी युवतीलाई भगाएर लैजान्छन् तन्नेरीहरु ।

यसरी भगाएर लगेका युवतीसँग लिभइन रिलेसन सुरु हुन्छ । यदि उनीहरुको सहवासबाट बच्चा जन्मिएका उनीहरु नै लोग्ने स्वास्नी बन्दछन् । बच्चा जन्मिएन भने केही समयपछि छुट्टिन्छन् ।

प्रकाशित मिति २०७३ चैत ३१

वि.सं.२०७३ चैत ३१ बिहीवार १३:३४ मा प्रकाशित

You can share this post!

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४४

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत...

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४१

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:३५

रमेश लम्साल, काठमाडौँ :  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि...

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...