back
NMB ad

टानद्धारा पर्यटनबोर्डविरुद्ध आन्दोलनको चेतावनी, प्रश्नः खोई टिम्सबापतको रकम ?

Kumari bank ad

काठमाडौ। पछिल्लो समय पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) को विषयमा निकै ठूलो विवाद हुँदै आएको छ । उक्त रकम दिने र पाउने पक्षबीच पटक पटककको वार्ता र एक छुट्टै समिति गठन गरिएपनि टिम्सबापतको रकमको अझै टुंगो लाग्न सकेको छैन । टिम्सको रकमबारे आपसी निर्णय लिन एक छुट्टै समिति बनेपनि समितिको कामप्रति व्यवसायी नै रुष्ट बनेका छन् । यस्तैमा टिम्सबापतको रकम नदिएको भन्दै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले नेपाल पर्यटन बोर्डविरुद्ध आन्दोलनको चेतावनी दिएको छ । नेपाल पर्यटन बोर्डकै हलमा एक कार्यक्रमको आयोजना गरी टानले यस्तो चेतावनी दिएको हो ।

टिम्स रकममा अनियमितताको आरोप लागेपछि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले महालेखा परीक्षकबाट लेखा परीक्षण नगराएको भन्दै १८ चैत २०७१ मा टिम्स कार्डबापतको रकम टानलाई उपलब्ध नगराउन निर्देशन दिएको थियो । त्यस यता बोर्डले टानलाई रकम उपलब्ध गराएको छैन ।

टानले आयोजना गरेको उक्त कार्यक्रममा पर्यटन क्षेत्रका विभिन्न संघ संस्थाका नेतृत्वकर्ता र पर्यटन क्षेत्रका बारेमा बोल्ने बक्ताहरुले टिम्ससम्बन्धि विवाद तत्काल अन्त्य गरिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा टानका पदाधिकारीहरुले पूर्व कार्यसमितिले भ्रष्टाचार गरेको भनेर त्यसको सजायँ वर्तमान कार्यसमितिलाई दिन नमिल्ने भनाई राख्दै टिम्सबापत पाउनुपर्ने रकम तत्काल उपलब्ध गराउन भनेका थिए । यदि हाम्रा मागको सुनुवाई भएन भने हामी आन्दोलनमा जान बाध्य बन्नेछौं, टान पदाधिकारीहरुको चेतावनी थियो ।

टानका केहि पदाधिकारीले टिम्स कार्डको छपाईदेखि वितरणसम्ममा उल्टै बोर्डले घोटला गरेको आरोपसमेत लगाएका छन् ।

२०६६ मा भएको बोर्ड–टान बीचको पहिलो सम्झौता अनुसार टिम्स कार्ड बिक्रीबाट उठेको रकम मध्य ३० प्रतिशत बोर्ड, ३० प्रतिशत टानको भागमा पर्छ भने १० प्रतिशत मजदूर कोषमा जम्मा गर्नुपर्छ र बाँकी ३० प्रतिशत दुबै संस्थाले संयुक्त रुपमा पर्यटन विकासमा खर्च गर्न पाउँनेछन् ।

२०६६÷६७ देखि २०६८÷६९ सम्मको तीन आर्थिक वर्षमा टानले रु२ करोड ५० लाख अनियमितता गरेको ठहर गरेको छ । सो अवधिमा टिम्स कार्डबाट टानले गरेको करीब रु७ करोड १५ लाख ९६ हजार ८०५ आम्दानीमध्ये रु३ करोड २८ लाख ७८ हजार १३८ खर्च गरेको तथ्यांक छ । त्यस्तै आव २०६९÷७०, २०७०÷७१ मा टानले विना प्रमाण र तोकिएको उद्देश्य विपरीत कम्तीमा रु४ करोड खर्च गरेको आन्तरिक लेखा परीक्षण प्रतिवेदनले देखाएको छ । टानले २०७० चैतसम्म करीब रु१० करोड ११ लाख ३३ हजार ९३१ उठाएको आन्तरिक लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

टिम्सको रकम नपाउँदा गन्तव्यको पहिचान, विकास तथा प्रवद्र्धन र टिम्स प्रशासनको पुरै काम ठप्प बनेको भन्दै टान कार्यसमितिले आक्रोश पोखेको थियो ।

प्रकाशित मितिः २०७३ बैशाख ६

वि.सं.२०७४ वैशाख ६ बुधवार ११:०२ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...