काभ्रेको बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरे माईक्रोफाईनान्स डेभलपमेण्ट बैंकले ५० प्रतिशत हकप्रद निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले मिर्मिरे माइक्रोफाइनान्सलाई ५० प्रतिशत हकप्रद अर्थात् २ बराबर १ अनुपातको हकप्रद निष्काशन गर्ने अनुमति दिएको हो ।
कम्पनीको शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त गरेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी चार करोड पचास लाख रुपैयाँ पुग्नेछ ।
प्रकाशित मितिः २०७४ बैशाख ६
वि.सं.२०७४ वैशाख ६ बुधवार १३:५९ मा प्रकाशित