back
NMB ad

सामान्य कर्मचारी ध्रुव उप्रेतीले कसरि गरे असामान्य कमाइ ?

Kumari bank ad

काठमाडौँ । साढे तीन तलाको आलिसान महल । हरेक तलामा टीभी छन् । मुख्य कोठामा त झन् एक लाख ७० हजार रुपैयाँको टीभी राखिएको छ । एउटैको ७ हजार रुपैयाँ पर्ने क्रिस्टल बल्ब कोठाहरूमा छन् । छतमा सोलार छ ।

कोठा र बाथरुममा सुविधासम्पन्न सामान जडान भएका छन् । २० हजार रुपैयाँको वाइफाई डिभाइस जडान गरिएको छ । मिनिबारसमेत रहेको सुविधासम्पन्न घरमा फर्निसिङ र बिजुुलीका सामानमा मात्रै झन्डै ५ लाख खर्च भएको देखिन्छ ।

२०३६ सालमा सिभिल सुपरभाइजर (नायब सुब्बासरह) को पदबाट विद्युत् प्राधिकरणमा सेवा प्रवेश गरेर २०७० पुसमा उपसचिवस्तरको सहायक प्रबन्धक पदबाट अवकाश पाएका ध्रुव उप्रेतीको घर त सुविधासम्पन्न छ नै । विभिन्न संस्थामा उनले गरेको लगानी पनि अस्वाभाविक देखिएको छ । सेवा प्रवेश गरेदेखि २०५९ सालसम्म केबल एक लाख ६१ हजार रुपैयाँ मौज्दात गरेका उनले त्यसपछिको अवधिमा भने नाटकीय रूपमा आर्जन गरेका छन् ।

आफ्नो सम्पत्ति छानबिन हुन थालेपछि उप्रेतीले ज्योति विकास बैंकको नाममा माइन्युट बनाए । कर लगायतका कारणले आफैं लगानी गर्न नमिल्ने भन्दै २ सय ३९ जनाले उप्रेतीका नाममा ज्योति विकास बैंकमा एक करोड ६६ लाख लगानी गर्न मन्जुरीनामा दिएको कागज उनले पेस गरे । पछि छानबिनका क्रममा ती मानिससहित बैंकको सञ्चालक समितिको माइन्युट नक्कली रहेको पुष्टि भयो । ‘उनी संस्थापक भएर बैंकमा गरेको लगानी नै स्रोत नखुलेको सम्पत्ति भएको पुष्टि भयो,’ छानबिन प्रतिवेदनमा उल्लेख छ ।

प्राविधिक कठिनाइका कारण देखाउँदै अरूको सापटीमा लगानी गरेको दाबी गरिएको १ करोड ६६ लाख उनले २०६५ सालदेखि आफ्नै लगानीमा देखाएका थिए । त्यसको प्रतिफलसमेत लिइरहेका उनले आफ्नो सम्पत्ति छानबिन हुन थालेपछि भने बैंकको फर्जी माइन्युटको भरमा वैधता प्राप्त गर्ने प्रयास गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । सापटी दिने भनी उल्लेखित सूचीमा रहेका सबैजसोको ठेगाना, फोन नम्बर र अन्य विवरणसमेत छैन ।

२०६८ सालसम्म तलब बापतको १४ लाख २८ हजार रुपैयाँ आर्जन गरेका उप्रेतीले अन्य विभिन्न स्रोतबाट गरी करिब एक करोड रुपैयाँको आय देखाएका छन् । तर यस अवधिमा उनको खर्च ५ करोड १३ लाख रुपैयाँ भइसकेको छ । भ्रष्टाचार नियन्त्रण ऐनको व्यवस्थाअनुसार वैध आयको तुलनामा खर्च धेरै भए गैरकानुनी आर्जन गरेको ठानी अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्न पाउने प्रावधान छ । हालसम्मका केही ठूलो बिगोसहितका मुद्दामध्ये उप्रेतीको मुद्दा पनि एक हो ।

२०६८ देखि ०७० पुससम्म उनले एक करोड २५ लाख आर्जन देखाएका छन् भने खर्च एक करोड १० लाखमात्रै छ । यो अवधिमा झन्डै साढे १४ लाख बचत भएको देखिन्छ । तर उनको केही आम्दानीको स्रोत नै नखुलेको भन्दै अख्तियारले त्यसको प्रतिफललाई पनि गैरकानुनी भनी मागदाबी गरेको छ । घर निर्माणकै क्रममा उनले ४ लाख ४६ हजार रुपैयाँ स्रोत नखुलेको सम्पत्ति प्रयोग गरेका थिए । अख्तियारले ३१ लाख ६३ हजार रुपैयाँमा जग्गाबाहेक उनको घर मूल्यांकन गरेको छ । तर हालको बजारभाउअनुसार घरको मूल्यसमेत निकै उच्च हुने स्रोतले बतायो ।

निकै न्यून रकममा जग्गा खरिद गरेको विवरण पेस गरेका उप्रेतीले बिक्री मूल्य भने बढाएका छन् । उदाहरणका लागि, ५ सय रुपैयाँमा जग्गा खरिद गरेका उनले बालाजुस्थित जग्गासमेत २०३७ सालमा ९२ हजार रुपैयाँमा मात्रै खरिद गरेको भेटिएको छ ।

छानबिनका क्रममा उप्रेतीले कतिपय सामान उपहारबापत प्राप्त भएको र केही खरिद गरिएको दाबी गरेका छन् । उपहारमा पाएको सामानको उनले बिल पेस गरेका छन् भने खरिदको सामानको बिल देखाउन सकेका छैनन् । दुई मोबाइल सेटको मूल्य नै करिब डेढ लाख रुपैयाँको हाराहारीमा छ । १० वर्षअघि नै निर्मित घरमा तला थपेर उनले साढे तीन तला पुर्‍याएका छन् । जुन घरमा सुविधासम्पन्न र अत्याधुनिक सामानहरू रहेको स्रोतले बतायो ।

उप्रेतीले आफ्नो र पत्नी सन्ध्या लामिछाने उप्रेतीका नाममा विभिन्न संस्थामा सेयर खरिद र लगानी गरेको भेटिएको छ । उनले आफ्नो नामबाहेक पत्नी सन्ध्याको नाममा ज्योति विकास बैंकमै १३ लाख ४४ हजार रुपैयाँ लगानी गरेको भेटिएको छ । त्यसैगरी हिमाल हाइड्रोका नाममा समेत उनको लगानी छ ।

‘कानुनी रूपमा अस्थित्वमा रहेका तर कार्यालय स्थापना गरेर सञ्चालन नभएका कतिपय कम्पनीमा समेत उनी मुख्य लगानीकर्ताका रूपमा भेटिए,’ स्रोतले भन्यो । अख्तियारले उप्रेतीविरुद्ध ४ करोड १८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । कान्तिपुर 

०१ फागुन २०७२

वि.सं.२०७२ फागुन १ शनिवार ११:०४ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...